सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय

सुबी गुरुङ
  • ख-
  • ख+

सरकारले आगामी मंसिर ४ गते आईतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर ४ गते आईतबार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो । यसअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला