हेमजाका एमाले र कागेंसका सय बढी माओबादी केन्द्रमा प्रबेश, माओबादीलाई कमजोर बनाउने षडयन्त्र भई रहेको केन्द्रिय सदस्य बरालको भनाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा १८, साउन ।
पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाका करिब एक सय जना भन्दा बढी नेकपा माओबादी केन्द्र पार्टीमा प्रबेश गरेका छन् ।
नेकपा माओबादी केन्द्र पोखरा २५ ले बुधबार हेमजामा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले, नेपाली कागेंस, स्वतन्त्र गरी करिब एक सय भन्दा बढी जना माओबादीमा प्रबेश गरेको माओबादी केन्द्र पोखरा २५ का अध्यक्ष माधव अधिकारीले बताउनुभयो ।
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले माओबादीलाई कमजोर पार्ने षडयन्त्र भएको बताउनुभयो । नेकपा माओबादी पोखरा २५ को पार्टी प्रबेश कार्यक्रममा बुधबार सम्बोधन गर्दै मन्त्री बरालले अझै पनि पार्टीलाई कमजोर पार्ने षडयन्त्र देश भित्र र बाहिरबाट भई रहेको बताउनुभएको हो ।
देश भित्र र बाहिरबाट माओबादी माथि आक्रमण गरी पार्टी अध्यक्ष प्रचण्डलाई समेत कमजोर पार्ने षडयन्त्र बिरुद्ध एक हुनुपर्ने समय आएको सदस्य बरालको भनाई छ । सुकुम्बासी, दलित, महिला, जनजातिको हकअधिकारको बिषयमा माओबादीले उठाएका मुद्धाहरुलाई समेत कमजोर पार्ने खेल हुने हुदा यस तर्फ सबै जाति बिषेशले बढी ख्याल गर्नुपर्ने समय आएको मन्त्री बरालको भनाई थियो ।
कानूनी रुपमा जातिय उन्मुलन भए पनि व्यवहारमा अझै जातिय विभेद कायमै रहेको मन्त्री बरालको भनाई थियो । कानूनमा जे लिपिवद्ध गरिएको मुद्धालाई संस्थागत गर्न आवश्यक भएको मन्त्री बरालले बताउनुभयो ।
पार्टी प्रबेश कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन, पार्टीका प्रदेश सदस्यहरु भिम बिक क्षितिज, भोजराज पौडेल, माओबादी पोखरा महानगर समितिका अध्यक्ष कृष्ण गिरी विज्ञान, सचिव जनकराज पराजुली, युवा नेता सागर लुइटेल लगायतले खादा तथा अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
माओबादी पार्टी प्रबेश गर्नेहरुमा विष्णु बहादुर विश्वकर्मा, रण बहादुर सिर्पाली, वेल बहादुर परियार, हस्त बहादुर रसाइली, सुन माया बिक, हिरा खड्का थोकी, कुल बहादुर बिश्वकर्मा, सिरु विश्वकर्मा, रत्न बहादुर विश्वकर्मा कुमाई, डिलसरा रसाईली, तिलक बहादुर घर्ती विरे, सम बहादुर कुमाई, सोमबहादुर लामगाने, भुल माया रसाईली, देवि सिर्पाली, मोतीलाल बिक, भरीमाया गोतामे, सुमन घर्ती गिरी, रुपलाल लामगादे रहेका छन्। त्यसै गरी प्रेम लामगादे, मन्जु बिक, लाल बहादुर घर्ती, गोपाल परियार, धनमाया, बबिता गोतामे, देवि विश्वकर्मा, मनसरा बिक, भिम सिर्पाली, टिका सिर्पाली, सुरेन्द्र सिर्पाली, डम्मर राना, डम्बर लामगादे, रुपा परियार, सुसिला परिवार, सिता परियार, रिता परियार, कमला कार्की सिर्पाली, देबु परियार, भिम माया परियार, ओम विश्वकर्मा, भिम रसाइली, कविराज रसाईली, सुरेन्द्र सिर्पाली, मेनुका कुमाई, चन्द्रकुमारी सिर्पाली, मोती शरा राना, शान्ति घर्ती, बिष्णु सिर्पाली, दिल कुमारी लामगादे रहेका छन् ।
त्यस्तै खिर माया बिक, गोरी सिर्पाली, चन्द्रा देवि बिक, विष्णु माया किसान, रेणु परियार, प्रेम रसाइली, दील बहादुर परियार, सुवास सिर्पाली, भिम माया गोतामे, भूमिका रसाईली, बबिता गोतामे, सम बहादुर नेपाली, विवेक नेपाली, ज्ञान देवि सेर्पाली, टिका घर्ती, टक माया कुमाई, मन सरा रसाइली, भेष बहादुर बिक राजु, सतु बिक, नन्दकुमारी बिक, ओमकार रसाइली, आसमाला रसाइली, बिष्णु विश्वकर्मा कुमाई, ज्ञान बहादुर विश्वकर्मा कुमाई, रास बहादुर कुमाई, रहेका छन । त्यस्तै गरी पार्टी प्रबेश गर्नेहरुमा देवेन्द्र विश्वकर्मा कुमाई, लाल कुमार लामगादे, दिपा सुनार, लक्ष्मी बिक, प्रतिक बिक, हर्क सुनार, नरदेवि सिर्पाली, हर्क सुनार, सुरक्षा पौडेल, केसर नेपाली, डिल्लीमाया सिर्पाली रहेका छन्।
कार्यक्रममा माओबादी पार्टीका प्रदेश सदस्यहरु भिम बिक क्षितिज, भोजराज पौडेल, माओबादी पोखरा महानगर समितिका अध्यक्ष कृष्ण गिरी विज्ञान, सचिव जनकराज पराजुली, धौलागिरी कास्की दलित सम्पर्क समाजका संस्थापक अध्यक्ष रण बहादुर सिर्पाली, समाजका अध्यक्ष बिष्णु बहादुर बिक सचिब वेल बहादुर परियार, केन्द्र वडाका सचिव बिष्णु बास्तोला लगायतले समाजमा रहेको असमानतालाई हटाउन एक हुनु पर्नेमा जोड दिएका थिए । माओबादी केन्द्र पोखरा २५ का अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला