अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग

सुबी गुरुङ
  • ख-
  • ख+

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग गरेको छ । पछिल्लो दुईपटक भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि सरकारले मूल्य नघटाएको अनेरास्ववियुको आरोप छ ।

भारतले मूल्य बढाएर पठाउँदा देशमा पेट्रोलियम पदार्थको मूल्य बढाउन हतार गर्ने सरकारले मूल्य घटेर आउँदा भने चुपचाप बसेको अनेरास्ववियुको आरोप छ । अध्यक्ष सुनिता बरालले मंगलवार जारी गरेको विज्ञप्तिमा भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२।५६ रुपैयाँ, डिजेलमा २९।१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य नघटाएको उल्लेख छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको अनेरास्ववियुको आरोप छ । आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त रहेको अध्यक्ष बरालले बताइन् । अनेरास्ववियुले स्वचालित मूल्य समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला