यस्तो छ नास्टले बनाएको विद्युतीय स्कुटर

नगेन न्यूज
  • ख-
  • ख+

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्युतीय स्कुटर बनाएको छ । बिहीबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले विद्युतीय स्कुटर सार्वजनिक गरेकी हुन् । स्कुटर बनाउन लुम्बिनी प्रदेश सरकारले पनि सहयोग गरेका थियो ।

स्कुटरलाई सार्वजनिक गर्दै मन्त्री भुसालले प्रदेश सरकारहरुसँग समन्वय गरेर उद्योगको रुपमा नास्टले अगाडि बढाउनुपर्ने बताइन् । भुसालले नास्टको प्राविधिक सहयोगमा प्रदेश सरकारहरुले व्यवसायिक ढंगले यस्ता विद्युतीय सामाग्रीहरुको उत्पादनमा जोड दिनुपर्ने बताइन् ।

 

विकसित देशहरुले जलवायु बिगार्दा नेपाल जस्तो देशले समस्या भोग्नु परेको भन्दै वातावरण स्वच्छ बनाउन जलविद्युतको उच्च प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउँदै विद्युतीय खपत बढाउन सरकार लागि परेको सुनाइन् । ‘अबको केही वर्षमा नेपालकाे जलविद्युत बंगलादेशदेखि श्रीलंकासम्म बेच्न सकिने अवस्था आउने छ । हामी अब जलविद्युत उपभोग बढाउने मात्रै नभई निर्यातसम्म गर्छौं’ उनले भनिन् । नास्टले पनि अब अरु देशले बनाएको जस्तै नवीन कुरा अनुसन्धान गर्नुपर्ने बताइन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला