अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राजस्व बढ्यो

सुबी गुरुङ
  • ख-
  • ख+

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । आव २०७८र७९ मा सरकारले पेट्रोलियम पदार्थको आयातबाट एक खर्ब २० अर्ब छ करोड रुपियाँ राजस्व प्राप्त गरेको छ । यो अहिलेसम्मकै धेरै हो ।

यो आर्थिक वर्ष नेपाल आयाल निगमले तीन खर्ब १० अर्ब रुपियाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण अघिल्लो वर्षको तुलनामा दोब्बर रकमको पेट्रोलियम पदार्थ आयात भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो । आव २०७८र७९ मा पेट्रोलियम पदार्थ आयात गरेर सबैभन्दा धेरै भन्सार शुल्क ४२ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै पूर्वाधार विकास करमा २४ अर्ब ५३ करोड रुपियाँ र मूल्य अभिवृद्धि कर ९भ्याट०मा ४२ अर्ब ५४ करोड रुपियाँ सङ्कलन भएको निगमको तथ्याङ्क छ । सडक मर्मत दस्तुर छ अर्ब ३८ करोड र वातावरण शुल्क तीन अर्ब ६८ करोड रुपियाँ सङ्कलन भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला