पोखराबारे लेखिएका कविता अब एकै ठाउँमा, आउने पुस्तालाई हिजोको पोखरा देखाउने काममा महानगर : मेयर आचार्य

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १० साउन ।
पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ ।
सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिनुभएको हो ।
२०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आउनुभएको आचार्यले पुनः पोखरा सरुवा भएको अवसरमा काव्यरसमा पोखरा नाम दिएर उक्त कृविता सङ्ग्रहलाई आफ्नो जन्मदिन पारेर साउन ९ गते पोखरामा लोकार्पण गर्नुभएको हो ।
कार्यक्रमका विशेष अतिथित्रय पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्यसचिव तीर्थ श्रेष्ठले संयुक्त रुपमा कृतिको लोकार्पण गर्नुभयो ।
महानगरप्रमुख धनराज आचार्यले न्याय क्षेत्रमा क्रियाशील व्यक्तिले पोखरालाई कर्म थलो बनाएको बेलामा गरिएको चिन्तन स्तुत्य र पोखराबारे लेखिएका सबै कविता एकै ठाउँमा पढ्ने अवसर मिलाएर ठूलो गुन लगाएको बताउनुभयो ।
मेयर आचार्यले १८ महानगरपालिका आउने पुस्तालाई हिजो देखाउन सक्ने गरी अगाडि बढिरहेको जानकारी पनि दिनुभयो । मेयर आचार्यर्ले काव्यरसमा पोखरा समालोचना गर्ने विषय होइन, पोखरालाई सबै हिसाबले सबल तुल्याउन, सबै बिम्बलाई प्रयोग गर्न हामी सबै लाग्न आवश्यक छ ।’ भन्नुभयो ।
मेयर आचार्यले उलक परिवारले उहिलेको पोखरालाई फोटोग्राफीमाफत देखाइरहेको बेला डिल्लीराजको कविता कृति पनि आगामी पुस्ताका लागि नयाँ प्राप्ति हुने धारणा राख्नुभयो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पोखराबारे लेखिएका कवितालाई यसरी लोकार्पण गर्न पाउँदा खुसी लागेको धारणा राख्दै पोखराले सबैलाई कवि बन्न प्रेरित गरेको उल्लेख गर्नुभयो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्यसचिव तीर्थ श्रेष्ठले आफूँले ५० वर्ष पछिको पोखरा मोदी, मादी र आँधी बीचको पोखरा हुने आँकलन गरेको बताउनुभयो । श्रेष्ठले पोखरा सबैको मनको पोखरा भएकाले गण्डकी प्रदेशका जुनसुकै जिल्लाका व्यक्तिले स्थान चिनारी दिँदा पोखरा भन्न रुचाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कृतिका स्रष्टा डिल्लीराज आचार्यले पोखराको साहित्य, कला र संगीतका माध्यमबाट उल्लेख्य आयआर्जन गर्न सकिने भएकाले त्यतातर्फ पनि ध्यान दिन महानगरलाई सुझाउनुभयो । स्रष्टा आचार्यले यो संस्करणमा भएका कमी कमजोरीलाई सुधार्दै आगामी संस्करणलाई सघाउन पोखरावासीलाई आग्रह गर्नुभएको थियो ।
कृतिबारे पाठकीय टिप्पणी राख्दै डा जगन्नाथ रेग्मीले कृतिमा २०१० को दशकदेखि ७८ सालसम्मका अग्रज, अनुज र समकालीन कविका कविता रहेकाले ग्रन्थ सङ्ग्रहणीय रहेको बताउनुभयो । एउटै कृतिमा पोखराबारे लेखिएका गद्य–पद्य दुवै संरचनाका रचनाले पाठकलाई कृति पठनीय बनाएको उहाँको धारणा थियो ।
कार्यक्रममा सगरमाथा आरोही अधिवक्ता विष्णु भुषाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकी अध्यक्ष दुर्गा शाह बाबा, दाङ–पोखरा सम्पर्क समाजकी अध्यक्ष राधा केसीलगायतले बोलेका थिए ।
उक्त कार्यक्रमका लागि असम गुवाहाटीकी नेपाली भाषी साहित्यकार नीता गुरुङकातर्फबाट प्राप्त सम्मान तथा शुभकामना सन्देशसमेत कार्यक्रममा सुनाइएको थियो भने दाङ पोखरा–सम्पर्क समाजले स्रष्टा डिल्लीराज आचार्यलाई जन्मदिनको शुभकामनासहित सम्मान गरेको थियो ।
कार्यक्रमको सञ्चालन मावनअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला