पोखरामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालनको तयारी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ९ साउन ।
पोखरा महानगरपालिकाका युवा लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने भएको छ । यसका लागि पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत पाँच करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।
युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट पाँच÷पाँच करोड रुपैयाँसहितको सहकार्यमा १५ करोडको कोष मार्फत कार्यक्रम सञ्चालन गरिने भएको हो । उक्त कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि शैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो ।
हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र महानगरका मेयर आचार्य बीच कोष मार्फत कार्यक्रम छिट्टै आगडि बढाउने शैद्धान्तिक सहमति भएको मेयर आचार्यले बताउदैं यसका लागि छिट्टै बसेर औपचारिकता दिइने जानकारीे दिनुभयो ।
उक्त कोष मार्फत कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने र लगानी गरिने प्रमुख आचार्यले बताउनुभयो ।
साथसाथै कृषि उद्यमको माध्यमबाट रोजगारी समेत अभिबृद्धि हुने उहाँले बताउनुभयो ।
‘हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत ज्युसंग बसेर कृषि उद्यम लक्षित गर्दै स्वरोजगार कोष मार्फत युवाहरुलाई प्रोत्साहन गर्ने सम्बन्धमा हाम्रो शैद्धान्तिक सहमति भएको छ । यसमा हामी तीन वटै पक्षले बराबर रकम जग्मा गर्ने छौं र बैंक मार्फत नै यसलाई अगाडि बढाउने योजनामा छौं । खासगरी कृषि क्षेत्रमा केही गर्न चाहने युवा लक्षित गरेर महानगरमा रोजगार अभिबृद्धि गर्ने पनि हाम्रो चाहना हो’ मेयर आचार्यले भन्नुभयो ।
युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले अगामी चार वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताउनुभयो ।
कार्यकारी निर्देशक अधिकारीले उक्त कोष अगाडि बढाउनका लागि अब औपचारिक सम्झौता गर्ने तयारीमा आफूहरु रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रम सम्झौता भएर कार्यान्वयनमा जान कम्तिमा एक महिना लाग्ने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला