उपसभामुख भुसालको शपथ ४ बजे

सुबी गुरुङ
  • ख-
  • ख+

प्रतिनिधिसभाको उपसभामुख पदमा हालै निर्वाचित पुष्पा भुसालले आइतवार शपथ ग्रहण गर्ने भएकी छन् । आइतवार दिउँसो ४ बजे राष्ट्रपति निवास शीतल निवासमा आयोजना गरिने एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छिन् ।

उनी शुक्रवार उपसभामुख पदमा निर्वाचित भएकी थिइन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसकी सांसद भुसाल उपसभामुख पदमा निर्वाचित भएकी हुन् । नेकपा एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उनी उपसभामुख पदमा निर्वाचित भएकी थिइन् । उनले प्रतिनिधिसभाका १ सय ४८ सांसदको समर्थन पाएकी थिइन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला