हर्क साङपाङको कार्यकक्षमा राष्ट्रपति, प्रधानमन्त्रीको तस्बिरसँगै वीपी कोइरालाको तस्बिर

सुबी गुरुङ
  • ख-
  • ख+

धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ राई यतिबेला चर्चामा रहेका छन् ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट मेयरमा निर्वाचित साङपाङ अन्य जनप्रतिनिधि भन्दा फरक ढंगले प्रस्तुत भइरहेका छन् ।

धरानमा लामो समयदेखि खानेपानीको समस्या रहेको भन्दै धराने जनतालाई खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धतासहित मेयर बनेका उनी यतिबेला खानेपानीको जोहो गर्न लागिपरेको तस्बिरहरु सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म चर्चा भइरहेको छ ।

उनी स्वतन्त्रबाट निर्वाचित भए पनि उनको कार्यकक्षमा भने नेपाली कांग्रेसका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेवरप्रसाद कोइरालाको तस्बिर राखेका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिरसँगै वीपी कोइरालाको तस्बिर समेत राखेका छन् । त्यसो त सरकारी कार्यालयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने गर्दछन् । कतिपयले राष्ट्रपति प्रधानमन्त्रीसहित आफूले आदर्श मान्ने व्यक्तिको तस्बिर समेत राख्ने गरेका छन् । यसरी स्वतन्त्रबाट निर्वाचित साङपाङले आफ्नो आदर्श पुरुषको रुपमा वीपी कोइरालालाई राखेको बुझ्न सकिन्छ ।

शुक्रबार स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने धरानस्थित साङपाङको कार्यालयमा भेट्न पुगेका थिए । सो क्रममा उनीहरुबीच भेट हुँदा खिचिएको फोटोमा वीपी कोइरालाको तस्बिर देखिएको हो । भेटका क्रममा लामिछानेले साङपाङलाई बधाईसहित कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भने साङपाङले पनि लामिछानेलाई आगामी राजनीतिक यात्राको लागि शुभकामना दिएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला