डायमण्डले करियर सिम्पोजियम–२०२२ सेभेन वन्डर रिसोर्टमा गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ, २९ असार ।
पोखरा महानगरपालीका वडा नं. २७ मा रहेको डायमण्ड मा.वि.ले एस.ई.ई. दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि करियर सिम्पोजियम–२०२२ गर्ने भएको छ ।
होटल व्यवस्थापन तथा आतिथ्य र व्यवस्थापन क्षेत्रमा भविष्यको खोजीमा रहेका तर भ्रममा रहेका विद्यार्थीहरुको भ्रम चिर्नको लाई यस किसिमको कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित विषयका दक्ष्य व्यक्तित्व बाट कार्यक्रममा प्रस्तुती रहने समेत आयोजकले जानकारी गराएको छ । कार्यक्रमको मुख्य उद्देश्य हस्पिटालिटी र म्यानेजमेन्ट क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूको जिज्ञासालाई समेट्नु र आतिथ्य क्षेत्र (होटेल व्यवस्थापन) मा करियरको अवसरको बारेमा विद्यार्थीहरूको भ्रमलाई स्पष्ट पार्नु रहेकोे विद्यालयका प्राचार्य यम बहादुर रोकाले जानकारी दिनुभएको छ ।

अवसरको सदुपयोग गर्न र लाभ लिनको लागि इच्छुक विद्यार्थीहरूलाई अनुरोध गरेको र कार्यक्रम असार ३१ गते बिहान ११ बजे तालचोकको सेभेन वन्डर रिसोर्टमा हुने आयोजकले जानकारी दिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला