भानु जयन्ती तथा गरू पूर्णिमा डायमण्डमा मनाईयो

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ, २९ असार ।
२०९औं भानु् जयन्ती तथा गुरू पूर्णिमामा डायमण्डमा विविद्य कार्यक्रम गरि मनाईएको छ ।
पोखरा महानगरपालीका वडा नं. २७ मा रहेको डायमण्ड मा.वि.मा २०९औं भानु् जयन्ती तथा गुरू पूर्णिमाको अवसर पारेर विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरु विचमा चित्रकला, स्थलथत कविता लेखन तथा कविता वाचन गरी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका निर्देशक माधवशरण उपाध्ययले विद्यार्थी र गुरू विचको अन्तर सम्वन्ध तथा भानुजयन्तीको बारेमा बताउदै विद्यार्थी र शिक्षक विच नङ र मासुको सम्वन्ध हुने र हरेक शतमार्ग निर्देशन गर्ने व्यक्ति हरेक को गुरू हुने धारण व्यक्त गर्नु भयो ।
विभिन्न तहगत रुपमा भएको प्रतियोगितामा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा आकृती पाण्डे प्रथम, समृद्धि खड्का द्वितीय तथा जमुना वास्तोला तृतीय स्थानमा प्राप्त गर्न सफल भएका छन् भने कविता वाचन तर्फ प्रथम कृतिका गुरुङ, द्वितीय परिना गुरुङ तथा तृतीय स्थानमा उमा राना विजयी भएको विद्यालयका संयोजक विकाश लामिछानेले जानकारी दिनुभयो ।
विद्यालयका प्राचार्य यम बहादुर रोकाले विजयी विद्यार्थीहरु लाई पुरस्कार वितरण गर्दै भानुभक्तको बारेमा जानकारी तथा गुरू र विद्यार्थी विचको अन्तर सम्वन्धको बारेमा प्रकाश पार्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला