प्रधानमन्त्रीलाई खुल्ला पत्र गुरु पूर्णिमाको शुभकामना

सिहंप्रभात
  • ख-
  • ख+

मिति : -२०७९/०३/२९/ गुरु पूर्णिमा
प्रधानमन्त्री ज्यु
नमस्कार,
म हजुरको र यो देशको शूभ चिन्तक हुँ ।
आज गुरु पूर्णिमा धेरैको प्रत्यक्ष र अप्रत्यक्ष हजुर गुरु होईवक्सेला मेरो पनि अप्रत्यक्ष गुरु नै हो हजुर तसर्थ हजुरलाई गुरु पूर्णिमाको शुभकामना । यहि दिन पारेर प्रत्यक्ष भेटन पोखरामा भएको भएर आउन पाईन । त्यसै भएर यो पत्र लेख्दै छु ।

अस्ति त्रिभुवन विश्वविद्यालयबाट स्नाकोतर प्रथम श्रेणीमा उत्तीर्ण भए पछि पोखरा आएर छोरोले गरेको प्रश्नले म नजवाफ भएपछि देशको महामहिम मेरो प्रधानमन्त्रीलाई केही जिज्ञासा राख्न मन लाग्यो।
मेरो छोराले मलाई प्रश्न गरे – सानु बुवा, पाँच पाचँ पटक प्रधानमन्त्री भएर हामीलाई प्रत्यक्ष आजसम्म हाम्रो प्रधानमन्त्रीले के गरे ?

……………….………………………………………………..

पाँच पाचँ पटक प्रधानमन्त्री भएर हामीलाई प्रत्यक्ष लाभ नभएको आम नागरिकहरुको पनि व्यापक नसुनेको त हैन तर पढेलेखेको त्यो पनि काठमाण्डौ अझ किर्तिपुरमा बसेर पढेकोले गरेको यो प्रश्नले मलाई लगातार लखेटिरहेको छ ।

साहेद यस्तै कारणले होला बालेन हर्कहरुको उदय !

हुनत कांग्रेसको बहुलबादको सिदान्तको यो नै सुन्दर पक्ष हो |

तर लगभग हजार भन्दा बढि स्वतन्त्र नगर प्रमुखको उमेदवारी किन ?

अरु पेशामा सफलता प्राप्त गरेका व्यक्तिहरु राजनितिमा लाग्नुको कारण के होला ?

राजनितिमा लागेका नेताहरू अहिले राजनितिलाई पाट टाईम दिएर अरू पेशा गर्न बाध्य किन छन ?

प्रधानमन्त्री ज्यू यस्ता हजारौ प्रश्नहरू ले मलाई दिन दिन सताई रहेको छ किन ?

अझ नयाँ विधि र विधान बनाएर सबै नेपाली नागरिकहरुको समाज परिवर्तनको लागि आर्थिक नैतिक बौद्धिक विकास गरेर सुख शान्तिका साथ आत्म सन्तुस्टी दिन ज्यानै दिएर राजनिति गरेकोले अव परिवारको सन्तुष्टीको लागि मात्र व्यापार, पेशा र विदेश जानु पर्ने बाध्यता युवा नेताहरूमा किन आयो ?

जिज्ञासा प्रश्न मात्र गरेर मेरो प्रधानमन्त्री हजुरलाई निरासाजनक बनाउन खोजेको पक्कै होइन ।

हजुरले अरु नेताले भन्दा धेरै राम्रो काम गरेर नै पाँच पाँच पटक प्रधानमन्त्री हुनु भएको सबैलाई अवगत नै छ । तसर्थ हाम्रो गौरब नै हुनु हुन्छ , प्रेरणाको स्रोत हुन हुन्छ  र आउदो पिढीको आदर्श पनि ।

हजुर सफल नेता भएकोले मैदानमा एक्लै हुनुहुन्छ तर दौड हो हिडे पनि प्रथम नै हो भनेर दौडन नछोडनुस आफ्नो किर्तिमान आफै तोडदै नयाँ रेकर्ड बनाउन सुझाव दिए है ।

सुझाप त हजारौ छन जनताले भनेको मसंग हजुरलाई दिनुपर्ने………

एक मत्वपूर्ण सुझाप दिने दुत्साहत गरे है ।

आजसम्म अप्रत्यक्ष कार्य गर्नु भएको छ अझै गदै जानुस शुभ कामना नै छ । अव प्रत्यक्ष कार्य पनि गरौ न हुन्न र ?

जस्तै प्रधानमन्त्री उपहार कार्यक्रम गरौन प्रधानमन्त्री ज्यू

विद्यालय जाने हरेक विद्यार्थीहरुलाई हरेक बर्ष नेपालमा वनेको जुत्ता उपहार दिने ।

नेपाली नागरिक १६ देखि ३० बर्ष सम्म सबैलाई ५ बर्षमा एक पटक साईकल उपहार दिने ।

नेपाली नागरिक ३० देखि ७० बर्ष सम्म सबैलाई राष्ट्रिय पोषाक उपहार दिने ।

चिनो फिल्म मा शिव श्रेष्ठ लाई विवाह नगरि तुलसी घिमिरेले लक्का जबन बनाएर पाल्छन बुढेस कालमा “त उनको छोरो ” भनेर सुभद्रा अधिकारी को जिम्मा लगाइने वितिकै बुढा धर्मवाउ छाडेर आमाको लागि ज्यान दिन हिडछन त्यसकारण बृद्धा भत्ता त प्रधानमन्त्री मनमोहन अधिकारीले नै गर्नु भएको हो उहाँलाई नै धन्यवाद दिनुस ।

चिठ्ठी लामो भएकी क्याहो हजुरको व्यस्त समयमा यसो फुर्सद मिलाएर अध्ययन गरिवक्सेला हजुरको जवाफ आएनी नआएनी वाकी अर्को पत्रमा भेटौला ।

आफ्नो स्वास्थको ख्याल गरिवक्सेला आशा छ आरामै होइसिन्छ आरामैको शुभकामना !!!

 

हजुरको शुभ चिन्तक

अप्रत्यक्ष चेला

नगेन सिंह “सिंहप्रभात ”

पोखरा -३०, ढुंगेपाटन, लेखनाथ, कास्की, गण्डकी, नेपाल

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला