रुसले सबै युक्रेनीलाई आफ्नो देशको नागरिकता दिने

सुबी गुरुङ
  • ख-
  • ख+

रूसले सबै युक्रेनीलाई देशको नागरिकता दिने भएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रूसी नागरिकता दिने आदेशमा हस्ताक्षर गरेका छन्।

बीबीसीका अनुसार पुटिनले सबै युक्रेनीलाई रूसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेका हुन्

यो आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ। यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दालाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए।

यसअघि यो सरलीकरण युक्रेनको डोनेत्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू भएको थियो। युक्रेनविरूद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेत्स्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गरेका थिए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला