पोखरामा कला प्रदर्शनीको महत्वको कमि

नगेन सिहं “सिहप्रभात”
  • ख-
  • ख+

नगेन सिहं “सिहप्रभात”
पोखरा । सार्वजनिक ठाउँमा देखाउन जम्मा गरिएको कला नै कला प्रदर्शनी हो । तिनीहरु सधै ग्यालरीमा प्रदर्शनी गर्ने नभई कहिलेकाहि मात्र देखाइन्छ । प्राय सामुहिक र एकल गरि दूई प्रकारका कला प्रदर्शनीहरु हुने गर्दछन ।
पोखरामा कला प्रदर्शनी गर्ने जागर नत कलाकारहरुको छ न कला संघसंस्थाहरुको नै ! अब अरु संस्थाहरुको त कुरै छाडौं ।
किन पोखरामा कला प्रदर्शनी कम हुन्छ के यसको महत्व नबुझेर हो या…..
अब कुरा गरौ कला प्रदर्शनी गर्ने तौर तरिका । कला र कलाकारलाई प्रदर्शनी इतिहासमा संस्थागत सूचीवद्ध गरिन्छ । कला प्रदर्शनी गर्दा खेरी कला प्रदर्शनीको शीर्षक सुरु र अन्त्यको मिति उल्लेख गरिएको हुन्छ जसमा आयोजक संस्था या व्यक्तिको नाम उल्लेख हुन्छ ।
प्रदर्शनी भनेको दर्शक सगँ कला र कलाकारको संयोजन गराउने माध्यम हो । विश्व व्यापी रुपमा प्रदर्शनी अस्थायी नै हुन्छ । अमेरिकनहरुले इङ्लिसमा “एक्जीविट” फ्रेन्च शब्दमा “एक्पोजीसन” अथवा “सो” हुन्छ । यूके इङ्लिसमा जहिले पनि “एक्जीवेसन” वा “सोज्” हुन्छ । तर व्यक्तिगत प्रकारमा सो भनेको एक्जीविट हुन्छ । इक्पोटिसन भन्नाले तस्वीरहरु, ड्रोइनहरु भिडियो, साउड, इस्टोलेसन, पक्रमेन्स, इन्टारेक्टीभ आर्ट वा मूर्तिहरु, सामुहिक कलाकारहरु वा वास्तविक कलाहरु बुझिन्छ ।
कलाहरु कहाँ पनि प्रस्तुत गरिन्छ भने संग्राहलय, कला हलहरु, आर्ट क्लबहरु, व्यक्तिगत कला ग्यालरीहरु वा मुख्य व्यापारिक ठाउँहरुमा राखिन्छ जुन वेच्न र सो गर्नको लागि होइन जस्तै कफिघरहरुमा, यिनीहरुमा मुख्य भिन्नता के हुन्छ भने कुनै सबै विक्रीको लागि हुन्छ त कुनै केही मात्र विक्रिका लागि सामान्यतया व्यक्तिगत ग्यालरीहरुमा राखिन्छ ।
कहिले काहि विशेष अवसरहरुमा प्रदर्शनी हुने गर्दछ जस्तै जन्म दिन, वैवाहिक बर्षगॉँँठ आदि ।
नेपालमा कला प्रदर्शनी श्री ३ महाराजधिराज जंग बहादुर राणा युरोपको यात्रा गरी फकिए पछि आफूसँगै कलाकृतिहरु पनि ल्याएका थिए । ती कलाकृतिहरुलाई टुडिखेलमा राखेर जनतालाई देखाएको इतिहास विज्ञहरु भन्ने गर्दछन् । वि.सं. १९८४÷८५ तिर चन्द्रमान सिंह मास्केले न्यूरोडको एक होटेलमा कला प्रदर्शनी गराएको थियो । त्यस्तै वि.सं. २००२÷०३ ताका कला प्रदर्शनीहरु श्री ३ जुद्ध शम्शेरको मुखमा रातो संग बढी भएको पोट्रेटले गर्दा मनोहरमान श्रेष्ठ विदेश भाग्नु परेको कुरा पनि सुन्न पाइन्छ ।


बिश्व कला प्रदर्शनीको इतिहासको कुरा गर्दा सर्वप्रथम प्रदर्शनी संग्राहलयहरुको अनुसन्धान गर्दा पत्ता लगाइयो । युरोपमा एकेडेमीक सूरुवात भनेको १९ औ र २० औं शताब्दीको सुरुवातमा नै राम्रो खालको प्रदर्शनी भएको पाइन्छ । विभिन्न प्रतियोगिताहरु व्यक्तिगत र जनता सामु गरिएको हुन्थे । पहिलाको प्रदर्शनीको परिक्षण विभिन्न विषयहरुमा कलाकारहरुलाई तालिम दिएर काएरो (इजिप्ट) देखि पेरिस (फ्रान्स) सम्मबाट संकलन गर्थे जसमा तस्वीरको प्रभावहरु, यात्राका झलकहरु, पुरात्वीक वस्तुहरुको उत्खनन गरेर पुन अन्तर्राष्ट्रिय बजारमा कलाको निर्माण पनुः उत्थान गरिन्थ्यो । आधुनिक कला प्रदर्शनीहरु खास गरेर मुख्य रुपमा इटलि र फ्रान्सबाट सुरु भएको थियो ।
इटलि, रोमको धार्मिक कला प्रदर्शनीहरु
रोममा खास गरेर प्रदर्शनीहरु भनेको धार्मिक विषयवस्तुहरुका केन्द्रित हुन्थे । १७ औं शताब्दीको सुरुवातमा केही चर्चहरुको पादरीहरुलाई विशेष चाडपर्व उत्सवहरुमा चित्रकलाहरु प्रदर्शनीहरु गरिन्थे । सन् १६५०, १६७५ र १७०० सालमा आयोजना गरिएका नयाँ तथा पूराना ख्याती प्राप्त कलाहरु चर्चको भित्ताहरुमा प्रदर्शन गरिएका थिए ।
फ्लोरेन्स एण्ड रोम ः एकेडेमीक कला प्रदर्शनीहरु
१६ औं शताब्दीको अन्त्यमा ङ्खलोरेन्सस रोममा कला एकेडेमी भेटाइयो । सन् १५६२ सालमा “दि एकेडेमीया डेल डाइसेग्नो ङ्खलोरेन्समा सन् १५६३ सालमा वास्तविक प्रदर्शनीका विधार्थीहरुबाट पत्ता लागेको थियो । जुन प्रदर्शनी “दि कमप्यानिया विडि सन लुका” भन्ने चर्चमा भएको थियो । तर रोममा “सद कमप्यानिया डि सन लुका” लाई सन् १५७७ सालमा पत्ता लागे पनि सन् १५९३ सालमा खुल्ला गरिएको थियो । तर यसलाई सन् १६०७ र सन् १६२१ सालमा सार्वजनिक प्रदर्शनी गरियो ।
भेनिस
भेनिसमा पनि रोमको जस्तै धार्मिक कला प्रदर्शनीहरु हुने गर्दथे । पछि १६ औं शताब्दीमा कलाकृतिहरु पिजा र स्यानम्राको सँगै पिजाट्रोमा देखाइयो । १७ औं शताब्दीको अन्त्यमा चर्च र स्काउलाको सानरोको कलाकृति प्रदर्शनीमा केन्द्रित भएको थियो ।
पादरीहरुको विशेष दिन जुन चार–चार वर्षमा हुने उत्सवमा तत्कालिन कलाहरु देखाउनुका साथै स्कोलार सँगैको भवनमा कलाकृतिहरु झुण्डाइन्थ्यो । सन् १६९९ सालसम्म यसलाई महत्वपूर्ण आयोजनाकै रुपमा लिइन्थ्यो । मान्यता प्राप्त युवा कलाकारहरुको समूहले यसलाई क्यनलेटोजमा चित्रण गर्थे ( सन् १७३५, नेश्नल ग्यालरी, लण्डन) ।
फ्रान्स, सुरुका एकेडेमी कला प्रदर्शनीहरु
फ्रान्सको सम्पूर्ण सार्वजनिक गरिएका कला प्रदर्शनीहरु पेरिसमा भएका थिए । डिन–व्यपिन्टे कोल्पेट र लुइस १४ औं को मन्त्रीको नेतृत्वमा राजकीय चित्रकला र मूर्तिहरु उल्लेखनीय छ । पादरी लुइस र राजाको नाममा सन् १६६४ को सुरुमा विद्यार्थीहरुद्वारा प्रत्येक वर्ष अगष्ट १५ मा गरिएको रोम पुरस्कार उल्लेखनीय थियो । यो विद्यार्थीहरुले गरेको प्रदर्शनीहरु फ्लोरेन्सा र रोममा गरिएको जस्तो थियो । सन् १६६७ समा होटेल डि वेरीवनको क्षेत्र र पालसि रायलको आगनमा गरिएको थियो । पछि सन् १६६९, १६७१, १६७३, १६७५, १६८१, १६८३ सालमा सो प्रदर्शनी स्थानीय तवरमा गरियो । पुन सन् १६९९ र १७०४ सालमा ग्रानडं गोलिएर लुभ्रेमा प्रदर्शनी भयो । राजा र अफिसरहरुको पोट्रेट प्रदर्शनीहरुको आयोजना एकेडेमीले गरेर राजाको ख्याती फैलाउथे ।
दि सलोनस्
सलोनस् क्यारेले गरेको प्रदर्शनीहरुले सार्वजनिक रुपमा सफल भएता पनि सुरुमा क्राउले तिन कलाकृति खरिदे पनि अन्य अर्काे दशकसम्म बाँकि रहन्छन् । सन् १७३५ सालमा एकेडेमीमा युनिएका नयाँ पदाधिकारीहरुले सिनियर प्रोफेसरहरुको सहयोगमा लुभ्रे स्पेसमा सानो कला प्रदर्शनी गरियो । यद्यपि सामान्य जनमानसमा ख्याती प्राप्त भए पनि उक्त कला प्रदर्शनी कला प्रेमी र कला पारखीहरुले अवलोकन गरेका थिए । जसले सार्वजनिक कला प्रदर्शनीको लागि अपिल गरेता पनि अर्काे वर्ष झन सानो सार्वजनिक प्रदर्शनी भयो । तर मानिसहरुको ठूलो भिड भएको थियो । सन् १७३७ सालको सलोन कला प्रदर्शनीमा कलाकाहरुले कलाकृति मात्र नभइ व्यक्तिगत विवरणको जानकारीको लागि पनि ठूलो इच्छा जाहेर गरे ।
पहिलो सालोनको सुरुवात फिलिवट ओरीबाट भएको थियो । जुन ती भवनको मुख्य निर्देशक, कन्ट्रोलर जेनेरल अफ फाइनान्स र एकेडेमीका उप–संरक्षक थिए । यी प्रदर्शनीहरु सन् १७४४ र १७४९ वाहेक सन् १७५१ सम्म वर्ष पिच्छे निरन्तर चलिरह्यो । यो प्रदर्शनी केवल एकेडेमीका सदस्यहरुले मात्र प्रदर्शनी गर्दथे । जसमा जहिले पनि मूर्तिकला, चित्रकलाहरु बुट्टा कुदिएका र रेखाचित्रहरु देखाइन्थ्यो । सन् १७८४ सालको सुरुमा जुरी एकेडेमीको कला देखाउनुमा बसै भोटबाट चुनिए । पहिलो सालोन १८ अगष्टदेखि १ सेक्टेम्बरसम्म भयो । बाँकी ३ देखि ६० हप्तासम्म रह्यो । विना टिकेट सबै जनतालाई, विना तालिम, जुनसुकै पेसावाल वा लिङ्गको भेदभाव नगरी विहान ९ बजेदेखि मध्यान्ह अवेरसम्म कला प्रदर्शनी खुल्ला भयो । सम्पूर्ण कुराले के कुरा प्रदर्शन गर्दछ भने १८ औं शताब्दीमा सलोनहरु जनमानसको रौं रौंमा भिजेका थिए । त्यस्ताका मनोरञ्जनको मुख्य केन्द्रविन्दु नै कला प्रदर्शनी थियो । त्यसबेला पत्रकारहरुले पनि नयाँ आयामको निकै प्रशंसा गरेर लेख्दथे । सलोनको कला प्रदर्शनीहरुबाट सबै जना प्रोसाहित र उत्साहित हुन्थे ।
यस्तो गतिबिधि पोखरामा पनि कहिले काही हुने गरेको छ ।
जस्तै महेन्द्रपुलमा  भत्काएर पृथ्विचोक सार्न लागेको पोखरा आर्ट ग्यालरी, चिप्लेढुंगा स्थीत नगेन आर्ट एकेडेमीको हल, डेमसाईडको टुरिजम हल, पार्टि प्यालेस र अन्य विभिन्न ठाँउमा कला प्रदर्शनी गर्ने गरेका पनि छन् ।

कलाकारहरुले सिर्जना गरेका कलाकृतिहरु प्रदर्शनी गरिएन भने समाज र राष्ट्रको भूत, बर्तमान र भबिश्यको ईतिहासलाई ठुलो क्षति हुने विज्ञहरु बताउने गर्दछन ।
यदि लिच्छवीकालमा अरनिको कलाकृतिहरु मठ मन्दिरमा प्रदर्शन नभएको भए उनि संसार सामु नत चिनीन्थे न उक्त समयमा नेपाललाई कलाकारिताको स्वर्ण युग नै मानिन्थ्यो । तसर्थ सरकारी मताहतका गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, पोखरा महानगर पालिका, गण्डकी प्रदेश सरकार, संस्कृति मन्त्रालयले ललितकला प्रदर्शनी गरि पोखरेली कलालाई संसार सामु प्रख्यात बनाउनु पर्ने आजको आबश्यकता रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला