हेटौंडामा पनि बकर इद धुमधामका साथ मनाइँदै

सुबी गुरुङ
  • ख-
  • ख+

आइतबार मुस्लिम समुदायहरूको बकर इद बागमती प्रदेशको राजधानी हेटौंडामा पनि धुमधामका साथ मनाइँदै छ । बकर इदको दिन हेटौंडा–४ स्थित भैरवरोडमा अवस्थित नेपाली जामे मस्जिद सहितका मस्जिदहरूमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल देखिन्छ ।

रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्ने गरिन्छ । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने संस्कार रहेको छ ।

बकर इद पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी बली दिने गर्दछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला