अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति बनाउने सहमति

सुबी गुरुङ
  • ख-
  • ख+

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको हो ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८र०७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो ।

पछिल्लो पटक राजीनामाको माग उठ्न थालेपछि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे छलफल भएको थियो । लगत्तै माओवादी संसदीय समिति बनाउन तयार भयो ।

छानबिन समिति गठन गर्नुपूर्व अर्थमन्त्री शर्माले संसदमा आफ्नो धारणा राख्न चाहेका थिए । एमाले भने उनलाई स्पष्टीकरणको अवसर दिन तयार भएन, बरु संसदीय समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको थियो ।

तर यो नैतिक प्रश्न भएकाले एमालेले उठाउने र संसदीय समिति बनाएर अघि बढ्ने सहमति भएको छ । समितिको सदस्य संख्या भने टुंगो लागेको छैन । एमालेले सांसद संख्याको अनुपातमा उपस्थिति हुनुपर्ने र नेतृत्व आफूले पाउनुपर्ने माग गरेको छ । यसमा अरु दलहरु पनि सकारात्मक देखिएका छन् ।

अब सुरु हुने संसदमा सभामुखले संसदीय समिति गठनको घोषणा गर्न सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला