भारतमा भेटियो कोरोनाको नयाँ सब–भेरियन्ट

सुबी गुरुङ
  • ख-
  • ख+

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १० वटा राज्यमा बीए।२।७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो ।

इजरायलका वैज्ञानिक डा। शाय फ्लिशोनका अनुसार यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्नु हतारो हुने बताएका छन् । उता इम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिक थोमस पीककले यो नयाँ सब–भेरियन्टमाथि नजिकबाट निगरानी बढाउनुपर्ने जिकिर गरेका छन् ।

हालसम्म भारतसहित ८ देशमा ओमिक्रोनको यो नयाँ सब भेरियन्ट पुष्टि भएको छ । २ जुलाईसम्म महाराष्ट्र, पश्चिम बङ्गाल, दिल्ली, जम्मू कश्मीर, मध्य प्रदेश, तेलंगाना, उत्तर प्रदेश, हरियाणा, कर्नाटक र हिमाचलमा यसका ६९ सङ्क्रमित फेला परेका छन् । विज्ञहरूले भाइरस कमजोर बन्दै गएपछि यसका नयाँ–नयाँ सब–भेरियन्ट आउनु स्वाभाविक भएको बताएका छन् । भारतमा हाल ओमिक्रोनको सब भेरियन्ट बीए।४ र बीए।५ पनि सक्रिय रहेको छ ।

पछिल्ला १४ दिनमा भारतमा दैनिक १० हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । सोमबार मात्र १३ हजार ८६ नयाँ सङ्क्रमित फेला परेका छन् |

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला