जसपा नेपालमा चुलिँदा एकैदिन दुवै पक्षले बैठक आह्वान गरे

सुबी गुरुङ
  • ख-
  • ख+

जनता समाजवादी पार्टी जसपा नेपालमा चुलिँदा एकैदिन दुवै पक्षले बैठक आह्वान गरेका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय कमिटी बैठक बोलाएपछि संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पनि सोही दिनलाई बैठक आह्वान गरेका हुन् ।

अध्यक्ष यादवले वीरगञ्जमा २७–२८ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन्।

‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाईएको हो’ केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने ।

उनका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।

आन्तरिक कलहमा होमिईरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाएपछि जसपा नेपाल थप विवादमा भईरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

यसअघि नै यादव र भट्टराईबीच सहमतिमै छुटिने विषयमा सहमति बनेको थियो । स्थानीय निर्वाचनको परिणाम र पार्टीमा उपेन्द्र पक्षको एकाधिकार जमाएको भन्दै बाबुराम पक्ष रुष्टिएको थियो । भने बाबुराम पक्षले काम गर्न नदिएको भन्दै उपेन्द्र पक्षले आरोप लगाइरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला