गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने : दिलेन्द्रप्रसाद बडू

सुबी गुरुङ
  • ख-
  • ख+

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन्।

शनिवार दिवंगत गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बडूले नेपालमा जी। पी। कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन्।

‘अब एउटा जी।पी। कोइराला विश्वविद्यालयको स्थापना आवश्यक छ। विभिन्न नेताहरुको नाममा छन्। तर जी।पी। कोइराला एउटा मान्यता हो। एउटा आदर्श, मूल्य,मान्यताको प्रतिक पनि हो। त्यसकारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्वविद्यालय बनाउन आवश्यक छ। जसले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ,’ उनले भने।

बडूले जी।पी। कोइराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको समेत बताएका छन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला