यादव र भट्टराई सहमतिमै छुट्टिन तयार

सुबी गुरुङ
  • ख-
  • ख+

जनता समाजवादी पार्टी विभाजन हुने पक्का भएको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहमतिमै छुट्टिन तयार भएपछि जसपा विभाजन निश्चित बनेको हो। बिहीबार भएको छलफलपछि नेताद्वय आ(आफ्नो बाटो लाग्न तयार देखिएका छन्।

उपेन्द्र र बाबुरामले तीन वर्ष एउटै पार्टीमा बिताए। भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच २०७६ वैशाख २३ गते पार्टी एकता भएको थियो। पार्टी एकता भएपछि यादवपछिको वरीयतामा थिए भट्टराई। समाजवादी पार्टी बनाएको एक वर्षमै खासगरी मधेश केन्द्रित राजनीतिमा नयाँ मोड आयो। मधेशको राजनीतिलाई नयाँ मोड दिने काम भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि झस्किएका सबै मधेश केन्द्रित दलहरुबीच २०७७ वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति भएको थियो। र त्यही सहमतिले जन्माएको दल हो( जनता समाजवादी पार्टी (जसपा)। जसपाको जन्म तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणले गराएको थियो।

तर जसपाको २ वर्षे जीवन त्यति स्वस्थकर भने रहेन। जसपाबाट यसअघि नै पूर्वराजपा समूह छुट्टिसकेको छ। २०७८ भदौमा जसपाले पहिलो विभाजन खेपिसकेको छ। महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० गठन गरिसकेका छन्।

अब जसपाले अर्को विभाजन खेप्दैछ र त्यसको नेतृत्व भट्टराईले गर्दैछन्। खासगरी पछिल्लो केही महिनायता जसपामा बढ्दै गएको विवादको परिणामले विभाजनको दिशा तय गरिदिएको छ। भट्टराई समूह केही महिनायता यादवको कार्यशैलीप्रति सन्तुष्ट थिएन। गत फागुनमै जसपाको विवाद चर्किएको थियो। तर यादव लचिलो भएपछि विभाजन टरेको थियो। पार्टीको नियमित बैठक बस्न छाडेको, हरेक निर्णयमा यादव हावी हुने गरेको र एकलौटी अध्यक्ष बन्न खोजेको भन्दै भट्टराई समूह असन्तुष्ट थियो। पार्टी एकिकरणपछि बनेको विधानमा दुई अध्यक्षको परिकल्पना गरिएको थियो। तर यादवले विधानको व्यवस्थालाई नजरअन्दाज गरेको आरोप लगाउँदै आएको थियो।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला