मोदीको आलोचना गर्ने पत्रकार धार्मिक आस्थामाथि चोट पुर्‍याएको आरोपमा पक्राउ,

सुबी गुरुङ
  • ख-
  • ख+

मंगलबार काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) को कार्यालय अगाडि उनीहरुले विभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन् ।

जुबैरले हालै भारतीय जनता पार्टीकी प्रवक्ताले एउटा टेलिभिजन बहसमा पैगम्बर मोहम्मदलाई अपमान गरेको भनिएको विषयलाई प्रमुखताका साथ उठाएका थिए भने विश्वका विभिन्न देशले उक्त विषयमा आपत्ति जनाउनका निमित्त उनको ट्वीटको पनि मुख्य भूमिका रहेको जनाइएको थियो ।

उनीद्वारा सञ्चालित वेबसाइट अल्ट न्यूजले भारतमा मिथ्या सूचना र समाचारलाई नियन्त्रण गर्न प्रभावशाली भूमिका खेल्दै आएको छ । अल्ट न्यूजका सूचनालाई उनले आफ्नो ट्वीटरमार्फत पनि सेयर गर्ने गरेका छन् । बीबीसीका अनुसार केही सातायता हिन्दू राष्ट्रवादीहरूले जुबैरले विगतमा व्यक्त गरेका प्रतिक्रियाहरूप्रति ध्यानाकर्षण गराउँदै आएका थिए र आफ्नो धार्मिक आस्थामा ठेस पुर्‍याएको भन्दै सरकारको निन्दा गरेका थिए ।

यता भारतका विपक्षी नेता तथा केही पत्रकारहरुले जुबैरको गिरफ्तारीलाई घृणा फैलाउने अभिव्यक्तिको विपक्षमा उभिएकाहरूलाई दमन गर्ने ‘हिन्दू राष्ट्रवादी सरकार’ को प्रयासका रूपमा व्याख्या गर्दै निन्दा गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला