अधिकारको सुनिश्चितताको माग गर्दै काठमाडौंमा प्रदर्शन

सुबी गुरुङ
  • ख-
  • ख+

नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीहरुले आर्थिक, सामाजिक, सांस्कृतिलगायतका अधिकारको सुनिश्चितताको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग ९युएनएचसीआर० को कार्यालय अगाडि उनीहरुले विभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुको मागको पहिलो बुँदामा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार सुनिश्चित गर्नुपर्ने रहेको छ ।

त्यस्तै, नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सत प्रतिशत सहयोग गर्नुपर्ने र शरणार्थी बालबालिकाको अन्य अधिकार पनि सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ ।

उनीहरुले आफूहरुमाथिको भेदभाव अन्त्य गर्नुपर्ने माग समेत राखेका छन् । त्यस्तै, घर फर्कन चाहनेलाई उचित वातावरण बनाइदिन पनि उनीहरुले माग गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला