पदोन्नती भएका चार डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं। पदोन्नति भएका चार जना प्रहरी नायब महानिरीक्षक डिआइजीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको २०७९ वैशाख ८ को निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई बधाइ दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताउनुभयो।

आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई उहाँले निर्देशन दिनुभयो।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्यायले संगठनमा आवद्ध सदस्यमार्फत भाइचारा र सहयोगात्मक भावनालाई बढाउँदै संगठनको श्रीवृद्धिका लागि सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला