आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री पद छाड्न ओली तयार हुनुहुन्थ्यो : वामदेव गौतम

सुबी गुरुङ
  • ख-
  • ख+

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा केपी शर्मा ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्ने अफर पुष्पकमल दाहाल प्रचण्ड समक्ष गरेको खुलासा गरेका छन् । शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै गौतमले दुई नेताबीच भएको भेटमा आफू पनि पुगेको र त्यहाँ ओलीले आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र उनैको नेतृत्वमा निर्वाचनमा जाने अफर गरेको बताएका हुन् ।

गौतमले भने, दुई अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ । त्यहाँ अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु भन्नुभयो । म एउटा पद छाड्न तयार छु । तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु । जो व्यक्ति हो वहाँलाई जिताएर राष्ट्रिय सभामा लैजाऔँ र वहाँलाई प्रधानमन्त्रीको उम्मेदवार बनाऔँ । आज नै सचिवालय बैठक बोलाऔँ र पत्रकार सम्मेलन गरेर यसको जानकारी दिऔँ ।

गौतमका अनुसार ओलीले यसका लागि आफूविरुद्ध लगाइएका सङ्गीन आरोप फिर्ता लिन दोस्रो माग अघि सारेका थिए । उनले भने, ुपहिलो विषयमा नेताहरू बीच धेरै छलफल भएन । वहाँहरू दुवै यसका लागि सहमत देखिनुभयो । तर प्रचण्डले आरोपहरू फिर्ता लिन सक्दिनँ भन्नुभयो । वहाँले आरोपहरू फिर्ता लिनुभएको भए सायद पार्टी एकता जोगिन्थ्यो होला ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला