वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने

सुबी गुरुङ
  • ख-
  • ख+

वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ।

आज (मंगलबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले हवाई सेवा बन्द गर्ने जनाएको हो।

सरकारले जहाज र हेलिकोप्टरले राति काठमाडौँबाहिर तोकिदिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो‍। सोही निर्णयको विरोधमा संघले सेवा बन्द गर्ने बताएको हो।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएकाले बाहिरका विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो।

संघले सरकारले निर्णय गर्दा हवाई कम्पनीहरूसँग छलफल नगरी भविष्यमा आउने समस्याहरूप्रति वेवास्ता गरिएको संघको आरोप छ।

विज्ञप्तिमा भनिएको छ,’उल्लेखित निर्णय गर्दा सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आइपर्ने समस्याहरुप्रति वेवास्ता गरएिको र एकपक्षीय रुपमा स्वेच्छाचारी निर्णयले वायुसेवा कम्पनीहरुबाट प्रदान गरिने सेवाहरुमा समस्या उत्पन्न हुन गएको तथा निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने अवस्था सृजना भएको व्यहोरा स्पष्ट पार्न चाहन्छौँ।’

संघले यसै विज्ञप्तिमार्फत प्रधानमदन्त्रीको ध्यानाकर्षणसमेत गरेको छ।

‘राज्य र नागरिकहरूसँग प्रत्यक्ष जोडिएका अति संवेदनशील विषयहरुमा उत्पन्न समस्याको तत्काल निराकरणका लागि यसै विज्ञप्तिमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूको समेत ध्यानाकर्षण गराउन चाहन्छौँ। उत्पन्न बाध्यात्मक परिस्थितिका कारण लिनु परेको यो कठोर कदमले सरकार, नागरिक तथा स्वदेशी तथा विदेशी यात्रुवर्गमा पर्न जाने समस्याप्रति यो स्रंघ गम्भीर क्षमायाचना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

http://nagennews.com/wp-content/uploads/2022/06/notice-2.jpg
http://nagennews.com/wp-content/uploads/2022/06/notice-1.jpg

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला