विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्ने

सुबी गुरुङ
  • ख-
  • ख+

पोखरा – मतदाता नामावली अध्यावधिक हुन नसकेका कारण विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न कानूनी र प्राविधिक समस्या देखिएको छ ।

यसबाहेक अनलाईन भोटिङको व्यवस्थाका लागि कानून संशोधन गर्नुपर्ने भएपछि विदेशमा रहेका नेपालीलाई आसन्न निर्वाचनमा सहभागी गराउन सम्भव नदेखिएको बताइएको छ ।

मतदाता नामावलीमा नाम रहेका नेपालीले स्वदेश आएर मतदान गर्नु बाहेक अन्य कुनै पनि व्यवस्था लागु गर्ने अवस्था तत्काल नरहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनु भएको छ ।

विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे लामो समयदेखि छलफल भैरहे पनि कार्यन्वयनमा आउन सकेको छैन । उनीहरुको मताधिकारका लागि कानूनी व्यवस्था गर्न सर्बोच्च अदालतले दुई वर्षअघि नै परमादेश जारी गरिसकेको छ ।

निर्वाचन आयोगले भारतमा २० लाख तथा अन्य मुलुकमा ४० लाख गरि विदेशमा ६० लाख जना नेपाली नागरिक रहेको अनुमान गरेको छ ।

विदेशी नागरिकता लिईसकेकाको बारेमा यकिन तथ्यांक नहुँदा मताधिकारका लागि योग्य नागरिकको संख्यासमेत पत्ता लाग्न नसकेको प्रमुख निर्वाचन आयुक्त थपलिया बताउनु हुन्छ ।

अनलाईन भोटिङका लागि पनि कानून संशोधन गर्नुपर्ने वाध्यता रहेकाले कम्तिमा आगामी संघीय निर्वाचनमा विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न नसकिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला