
भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित सैनिक मुख्यालयमा भएको भेटका क्रममा द्विपक्षीय रक्षा साझेदारीका विषयमा कुराकानी भएको बताइएको छ।
भेटमा राजदूत शर्माले नेपाललाई निरन्तर सहयोग गरेकोमा भारतीय सेनालाई धन्यवाद दिएका थिए। भारतीय स्थल सेनाको सूचना निर्देशनालयले पनि भेटमा द्विपक्षीय रक्षा सहयोगका विविध पक्षमा चर्चा भएको उल्लेख गरेको छ।