नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै कसर छोड्ने छैन : मिस नेपाल प्रियंका

सुबी गुरुङ
  • ख-
  • ख+

पोखरा : ‘मिस नेपाल वर्ल्ड २०२२’की विजेता प्रियंका रानी जोशीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताएकी छिन्। हिजो जोशीलाई बाजागाजासहित अनामनगरस्थित जन्म घरमा भित्र्याइएको थियो। सोही क्रममा उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै कसर नछोड्ने बताएकी छिन्।

मिस नेपाल वर्ल्ड बन्ने वर्षौंदेखिको सपना साकार हुँदा आफूसँग कुनै शब्द नै नरहेको उनले बताइन्। साथै, प्रियंकाले आफ्नो मिस वर्ल्डको योजनाबारे समेत सुनाइन्।

‘म हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै प्रयास बाँकी राख्ने छैन। अबको तयारी मिस वर्ल्डको छ। यसका लागि म जुटेरै लाग्ने छु। मिस वर्ल्डको ताज नेपाल ल्याउन एकदमै कोशिश गर्नेछु,’ उनले भनिन्।

मिस नेपाल जिताउनका लागि आफूलाई भोट गर्ने सबैलाई उनले धन्यवाद समेत व्यक्त गरिन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला