
सञ्चार क्षेत्र छाडेर राजनीतिमा होमिएका रवि लामिछाने मंगलवार पशुपतिनाथ मन्दिर पुगेका छन् ।
आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणाअघि उनले पशुपति पुगेर पूजा गरेका हुन् ।
उनले आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम राखेका छन् । सम्भवतः आजै पार्टी घोषणा गरेर अगाडि बढ्नेछन् ।
रविले प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्ने यसअघि नै घोषणा गरिसकेका छन् ।