गगन थापाको क्षेत्रबाट आकर्षण पोखरेलले गरे उम्मेदवारी घोषणा

सुबी गुरुङ
  • ख-
  • ख+

संघीय निर्वाचनको मिति तय नहुँदै देशका विभिन्न क्षेत्रमा युवा पुस्ताहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले पाएको सफलताले पनि संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढ्ने निश्चित देखिएको छ ।

यसै क्रममा काठमाडौं क्षेत्र नम्वर– ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । आज यस क्षेत्रको कपनमा आयोजित एक कार्यक्रमका बीच पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सो क्रममा पोखरेलले आफूसँग विकासको एजेण्डा रहेको भन्दै कसैलाई गाली गरेर नेता बन्न नचाहेको बताए ।

काठमाडौं क्षेत्र नम्वर– ४ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जित्दै आएको क्षेत्र हो । यसै क्षेत्रमा गत संघीय निर्वाचनमा थापासँग एमाले नेता राजन भट्टराई पराजित भएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला