शिक्षासँगै साहित्य र रङ्गमञ्च: प्रगति माविमा साहित्य उत्सव सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । प्रगति साहित्य उत्सव सम्पन्न भएको छ। पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले माघ २४ गतेबाट विद्यालय परिसरमा आयोजना गरेको साहित्य उत्सव शुक्रबार सम्पन्न भएको हो ।
साहित्य, संस्कृति र सिर्जनशीलताको विषयलाई विद्यार्थी र अभिभावकका बिचमा पुर्याउने उद्धेश्य अनुरुप सप्ताहव्यापी रुपमा कार्यक्रम गरिएको कवि एवं विद्यालयका निर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

सिनियर र जुनियर गरी दुई सेसनमा गरिएको कार्यक्रममा प्रारम्भिक वाल्यकाल विकास सेसनमा पिताम्वर न्यौपानेसँग अरुणा बरालले संवाद गर्नुभयो ।
साहित्यकार अनुराधा शर्मासँगको विद्यार्थी अन्र्तक्रियामा यमुना गुरुङले सहजीकरण गर्नुभयो ।
बालबालिकामा मानसिक समस्याको विषयमा डा.फणिन्द्रप्रसाद पौडेलले प्रवचन दिनुभयो । सो सेसनको सहजिकरण पुष्प पौडेलले गर्नुभयो ।

समापनको दिन शुक्रबार किन र कसरी पढ्ने विषयमा कवि तीर्थ श्रेष्ठले आफ्ना अनुभव विद्यार्थीलाई सुनाएका छन् ।
उक्त सेसनमा अनिता बस्नेतले विद्यार्थीहरुमा अध्ययन गर्दा देखिने समस्या र यसलाई नियन्त्रणका लागि अवलम्बन गरिनुपर्ने उपायहरुको बारेमा कवि श्रेष्ठसंग सम्वाद गर्नुभएको थियो ।
महोत्सवको अर्को सेसनमा विद्यार्थीको प्रतिभा प्रष्फुटन समेत भएको थियो जसमा अभिनेता एवं रंगकर्मि प्रकाश घिमिरेले कला र अभिनयका विषयमा जानकारी दिनुभयो ।
कवि सरुभक्तका बाल साहित्यका विषयमा मीना भण्डारीले सहजिकरण गर्दै, साहित्यकार सरुभक्तसँग प्रश्नोत्तर गरिएको थियो । त्यस अवसरमा सरुभक्तले बाल साहित्य लेखनका विषयमा अनुभव सुनाएका थिए ।साहित्यको अर्थ, धैर्य र पुस्तान्तरणीय मूल्यबारे बहस गर्नुभएको थियो ।
नाट्यकर्मि प्रकाश घिमिरे र परिवर्तनसँग राजु थापाले प्यालन छलफल गर्दै कक्षा कोठादेखि रंगमञ्चसम्म जीवनका अनुभुतिहरु पस्किनुभएको थियो ।
दीनेश अर्यालले सहजिकरण गरेको शिक्षा र यससँग सम्बन्धित बिषयमा प्राध्यापक डाक्टर कपिल अधिकारीले विद्वत प्रवचन दिनुभयो । कार्यक्रममा विभिन्न सेसनअन्तर्गत साहित्यिक विचार विमर्श, कविता वाचनसहित विभिन्न लोक नृत्य प्रस्तुत गरिएको विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिनुभयो । साहित्य उत्सवको समापन गर्दै साहित्यकार सरुभक्तले साहित्य सिर्जना अन्तस्कंरणको उपज भएको बताउनुभयो । प्रधानाध्यापक महेन्द्र थापाले साहित्य उत्सवले विद्यार्थीको प्रतिभा प्रस्फुटन सहित उहाँहरुले साहित्य र रंगमञ्चका विविध आयामको बारेमा थाहा पाउन उपयोगी भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुमन कार्की र विनया शर्माले गर्नुभएको थियो ।
सुचना अधिकारी पौडेलका अनुसार विद्यालयले विद्यार्थीहरुका प्रतिभालाई हरेक महिना कक्षागत रुपमा प्रस्तुत गरि अभिभावकहरुलाइ अवलोकन गराउने र बार्षिक उत्सब विधागत रुपमा फरक प्रकारका सृजनात्मक कार्यक्रम गरि मनाउने योजना निर्माण गरेको छ । कार्यक्रममा विद्यार्थीले निर्माण गरेका चित्रकला , हस्तकलाका सामाग्रीहरु र शैक्षिक सामाग्रीहरु समेत प्रदर्शन गरिएको थियो ।
विद्यालयको ३६ औं बार्षिकोत्सवको अवसरमा साताव्यापी साहित्य उत्सव गरिएको हो । अघिल्लो बर्ष विद्यालयले नाटक महोत्सव गरेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला