लेखनाथ, फागुन १ । पोखरा महानगरपालिका अन्तर्गत लेखनाथको मुटु पावरहाउसमा अवस्थित गुरुकुल विद्याश्रमको १९ औँ जन्मोत्सव एवम् अभिभावक दिवस, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम साथमा श्रष्टा सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा शैक्षिक सत्र २०८०÷२०८१ मा सर्वोत्कृष्टता प्राप्त गर्ने विद्यार्थीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थी हरुका नृत्य र साङ्गीतिक प्रस्तुतीले रोचक बनाएको थियो ।
सशस्त्र प्रहरी बलबाट आएको बैण्ड बाजाले अतिथि सत्कार गरेको र कार्यक्रमलाई थप रौनक बनाएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष, वर्तमान संरक्षक, सर्जक प्रजापति पराजुलीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रमको सभापतित्व गुरुकुल विद्याश्रम एवम् गुरुकुल कलेज अफ म्यानेज्मेन्ट, होटल म्यानेज्मेन्टका प्राचार्य मिलन के.सी. ले गर्नुभएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी पराजुलीले विद्यार्थीहरुले विद्यालय स्तरवाटै कला र सस्कृतीको क्षेत्रमा सिक्ने र सिकाउने कार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा विद्यालयकी सल्लाहकार निलिशा ठकुरी के.सी. ले सम्पूर्ण अतिथि लगायत विभिन्न उपस्थित महानुभावहरुलाई शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शिक्षिकाहरुका नृत्य, विद्यार्थीहरुका नाटक र होटल म्यानेज्मेन्टको फुड फेस्टिभलले कार्यक्रमको अझ शोभा बढाएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा आमन्त्रित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशको पूर्व अध्यक्ष र वर्तमान अध्यक्ष क्रमशः राजन कार्की र माया गुरुङ लगायतका कलाकारको साङ्गीतिक प्रस्तुतीले कार्यक्रमको शोभा बढाएको थियो भने उक्त कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि प्रजापति पराजुली, कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालयका प्रिन्सिपल मिलन के.सी., सह प्राचार्य नारायण बराल, कलाकार माया गुरुङ, राजन कार्की, सल्लाहकार निलिशा के.सी. लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो भने विद्यालयमा कार्यरत शिक्षक एवम् कर्मचारी पनि सम्मानित हुनुभएको थियो ।
यसपटक लोक कला तर्फको विधालाई आधार मानेर श्रष्टा सम्मान गरिएको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा आमन्त्रित शैक्षिक व्यक्तित्व एवम् विद्यालयका अभिभावक सुरेशराज ढकालले विद्यालयको प्रशंसा गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका मा.वि. संयोजक बाबुराम जि.सी., शिक्षिकाहरु राधा लामिछाने, सोनम खत्री लगायत विद्यार्थी भाइबहिनीहरुले गरेका थिए ।













