टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २४ माघ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (शनिबार) ८ खेल सकिएका छन् ।
बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा पहिलो चरणका ८ खेल सकिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।

उहाँका अनुसार शनिबार भएको पहिलो खेलमा एन्जो ग्रुपले टुंडिखेललाई २–० गोल अन्तरले पराजित गर्याे ।
यस्तै दोस्रो खेलमा राइजिङ नेपाललाई रामघाटले ठमेल २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा सुदिन गुरुङले २ गोल गर्दा राइजिङ नेपालका लागि सन्तोष मगरले सान्त्वना १ गोल गर्नुभयो ।
यस्तै तेस्रो खेल लिभिक एफसीको अनुपस्थितीमा वाकओभरमार्फत तालपारी विजयी बन्यो ।

बेस्ट ब्वाइज क्लब र भिमकाली क्लबबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा बेस्ट ब्वाइज क्लबले ४–३ गोल अन्तरले जीत निकाल्यो ।
पाँचौ खेलमा स्याङ्जा युथ क्लबले फूलबारी क्लबलाई २–० को गोल अन्तरले पराजित गर्याे ।
स्याङ्जाको जीतमा समिर पुरीले २ गोल गर्नुभयोे ।

छैटौं खेलमा एसटिबिएस एफसीलाई लभ्ली ब्वाइजले ४–२ गोल अन्तरले पराजित गर्याे । लभ्ली ब्याइजको जीतमा स्वचन थापा, सविन थापा, अन्जन थापा र रोहित नेपालीले समान १÷१ गोल गरेका थिए । भने, एसटिबिएसका लागि विवेक गुरुङले २ गोल गर्नुभयो ।
यस्तै आयोजक बिटी टिम बि र कल्याण बेसी लमजुङबीच भएको सातौ खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा आयोजकले ३–२ गोल अनतरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक निकेश गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबारको अन्तिम खेलमा फायर पिज्जाले भाइब्रेन्टलाई ४–१ को फराकिलो गोल अन्तरले हरायो ।
फायर पिज्जाको जीतमा मनिस ठकुरीले ह्याट्रिक र सुवास गुरुङले १ गोल गर्नुभयो । भने, भाइब्रेन्टका लागि खगेन्द्र पुनले समान्त्वना १ गोल गर्नुभयो ।
आइतबार पनि बिहान ८ बजेबाटै पहिलो चरणकै खेल हुने क्लबका सल्लाहकार विनिता गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार पहिलो खेल सम्झना क्लब नयाँगल्ली र दीप युनाइटेडबीच हुनेछ ।
प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने क्लबका सचिव रेशम सापकोटाले बताउनुभयो ।
सापकोटाका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८÷८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला