पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस विविएमा अध्ययनरत विद्यार्थीहरुले विविए भवन परिसरमा वृक्षरोपण गरेका छन् । पिएनसी विविए सर्कलको आयोजनामा भएको कार्यक्रममा सहप्राध्यापक डा. विरबहादुर कार्की र सर्कलका अध्यक्ष विजय लम्सालले सम्युक्त रुपमा कल्कीको वेर्ना सारेर कार्यक्रमको सुरुवात गरेका थिए ।
कार्यक्रममा कल्की, रुद्राक्ष, धुपी, अमला, लगाएत विभिन्न जातका ३० वेर्ना सारिएको विद्यार्थी आकृति रानाभाटले वताईन् । शुक्रबार भएको सो कार्यक्रममा विविए प्रोग्राम निर्देशक ध्रबकुमार बुढाथोकी, सहायक निर्देशक भुपाल जैसी तथा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।














