पूर्वमाओवादीहरू एकठाउँमा आउँदैछन् : प्रचण्डकाे दाबी

सुबी गुरुङ
  • ख-
  • ख+

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरू एकठाउँमा आउने वातावरण बनिरहेको दाबी गरेका छन् । ‘पूर्वमाओवादीहरू एकठाउँमा आउने वातावरण बन्दै आएको छ,’ आइतबार नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘त्यो अवस्था बन्दै नै छ ।’ माओवादी आन्दोलन विभाजनको शृङ्खला हुँदै पुनः एकताको शृङ्खलामा जोडिएको प्रचण्डको दाबी छ, भनेका छन्— ‘माओवादी आन्दोलनमा पनि विभाजनका शृङ्खला देखियो । तर, अब पुनः एकताको शृङ्खला बन्दैछ । यसका लागि हामीले कोसिस नै गरिरहेका छौँ । तर अब पूर्वमाओवादीहरू एकठाउँमा आउने वातावरण बन्दै नै छ ।’

उनले प्राप्त परिवर्तन उल्ट्याने कोसिस भइरहेको आरोप लगाए । ‘अझ सङ्घीयतालाई उल्ट्याउने खोज्ने प्रवृत्ति आज पनि सक्रिय नै छ,’ उनले भनेका छन्, ‘यसविरुद्ध हामी हिजोजस्तै कर्मचारी, राजनीतिक दल, आमजनता मिलेर लड्नुपर्छ ।’

प्रचण्डले पूर्वमाओवादीहरूको ध्रुवीकरणको आवाज उठाउँदै आएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला