अमेरिका भ्रमण र एसपीपीबारे जवाफ दिनबाट भाग्दै प्रधानमन्त्री देउवा

सुबी गुरुङ
  • ख-
  • ख+

आसन्न अमेरिका भ्रमण तथा अमेरिकी स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी) बारे सडकदेखि सदनसम्म विरोधका आवाज उठे पनि प्रधानमन्त्री शेरबहादुर देउवा भने त्यसबारे जवाफ दिनबाट पछि हटिरहेका छन् ।

असारको अन्तिममा हुन लागेको भ्रमणबारे सदनमा जानकारी नभएको भन्दै प्रतिपक्षी दलका सांसदहरुले निरन्तर आवाज उठाइरहेका छन् । भने एसपीपीबारे प्रतिपक्षी सांसद मात्र नभएर सत्तापक्षकै सांसदहरुले समेत त्यसको जवाफ प्रधानमन्त्री स्वयंमले दिनुपर्ने बताइरहेका छन् । यता प्रधानमन्त्री देउवा दुवै विषयको जवाफ दिनबाट पछि हटिरहेका छन् । अमेरिका भ्रमण र एसपीपीबारे संसदमा जवाफ माग गरिए पनि रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवाले गृहमन्त्री मार्फत जवाफ पेस गरेका छन् ।

त्यसो त एसपीपीको विषयमा संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जवाफ माग गर्दै आजको लागि प्रधानमन्त्रीलाई बोलाएको छ । तर आजको बैठकमा पनि प्रधानमन्त्री देउवा नजाने भएका छन् । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री व्यस्त रहेको बताउँदै समितिमा नजाने जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी गराइन् । उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएका हुन् ।

आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेको जानकारी दिएकी उनले शनिबार बेलुकासम्म आउने कुरा गरेको, तर उपस्थित गराउन नसकेको निरौलाको भनाइ रहेको छ ।

यता व्यस्तता देखाउँदै संसदमा जवाफ दिनबाट भागिरहेका देउवाको व्यस्तता विभिन्न कार्यक्रममा बित्ने गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला