अष्ट्रियाली फिल्ममेकर मायरसहित ‘हेल वाच’ काठमाडौंमा प्रिमियर

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । अस्ट्रियाकी चर्चित डकुमेन्ट्री निर्देशक तथा निर्मात्री क्यारोला मायर काठमाडौं आउने हुनुभएको छ । उहाँ निर्देशित डकुमेन्ट्री ‘हेल वाच’ यही शुक्रबार अस्कर कलेजमा विशेष प्रदर्शन गरिनेछ ।

उक्त फिल्म अष्ट्रियाली लेखक, पर्वतारोही तथा भेडी गोठाले बोडो हेलका बारेमा बनेको काव्यिक पोट्रेट वृत्तचित्र हो ।
बुधबार काठमाडौं आइपुग्ने उहाँले शुक्रबारसम्म अस्कर कलेजका कार्यक्रममा भाग लिनुहुनेछ ।

सोही अवसरमा नेपाली मिडिया र फिल्ममेकरसँग छलफल गर्ने अस्कर कलेजका संयोजक नवनिधि दाहालले जनाउनुभयो ।

दाहालका अनुसार सो अवसरमा अस्ट्रियाको विदेश मन्त्रालयले छनोट गरेका ‘१२ प्रभावशाली महिला’ को प्रोट्रेट चित्र प्रदर्शनीमा राखिनेछ । फिल्ममेकर मायर पनि उक्त सूचीमा समावेश हुनुहुन्छ ।

वृत्तचित्रको प्रदर्शनी लगत्तै ३ दिने ‘क्यालिओप प्रस्तुति’ को पनि सुरुवात हुने संयोजक दाहालले जनाउनुभयो । २६ देखि २८ मंसिरसम्म क्यालिओप प्रस्तुति रहने जनाइएको छ ।

आइएमडीबीका अनुसार, मायर निर्देशित डकुमेन्ट्री फिल्महरू प्रिसिअस लिबनसर्ट, लिबेस लिबेन, रे अफ लाइट, वाइल्ड हि आर्ट, स्टोन अफ पिस लगायत चर्चित छन् ।

अस्कर कलेजको कार्यक्रम सकिएपछि मायर पोखरा घुमघाममा ब्यस्त हुनुहुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला