महिला विश्वकप छनोट तयारी, नेपालले भारतमा ६ मैत्रीपूर्ण खेल खेल्दै

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । विश्वकप छनोट तयारी अन्तर्गत नेपालको महिला राष्ट्रिय क्रिकेट टोली अहिले भारतमा छ ।

टोलीले बिहीबार (आज) देहरादुनस्थित आयुस क्रिकेट एकेडेमीमा भारतको राजस्थानविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा आजदेखि मंसिर ३ गतेसम्म हुने श्रृंखलाका लागि नेपाली टोली दुई दिनअघि भारत पुगेको हो ।
यस श्रृंखलामा नेपालले भारतका तीन राज्य टोली—राजस्थान, पश्चिम बङ्गाल र उत्तराखण्डसँग कुल ६ खेल खेल्नेछ ।

त्यस्तै नेपाली टोलीले भोलि उत्तराखण्ड र पर्सि पश्चिम बङ्गाल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य वीरेन्द्र बहादुर चन्दले बताउनुभएको छ ।

उहाँका अनुसार टोलीले मंसिर १ गते पुनः राजस्थान, २ गते उत्तराखण्ड र अन्तिम खेल ३ गते पश्चिम बङ्गालसँग खेल्नेछ ।

विश्वकप छनोटको लागि तयारी गर्दै गरेको नेपाली टोलीको कप्तानमा इन्दु बर्मा हुनुहुन्छ । उहाँको नेतृत्वमा खेलाडीहरु कविता कुँवर, साना परविन, रुबिना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन्।

यस अभ्यास श्रृंखलाबाट टोलीले खेल रणनीति र समन्वयमा सुधार ल्याउने अपेक्षा क्यानले गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला