सामाजिक अध्ययन मञ्च, कास्कीको अधिवेशन तथा पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

सामाजिक अध्ययन मञ्च, कास्कीको १३ औं साधारण सभा तथा ७ औं अधिवेशन सगै पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम एसओएस हर्मन माइनर गण्डकीको सभाहलमा सम्पन्न भयो।

यस अधिवेशनले दिनेश अर्यालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। कार्यसमितिमा निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सकुन्तला सोती, सचिव तिलकप्रसाद काफ्ले, कोषाध्यक्ष घनश्याम आचार्य, सह-सचिवमा टिकाराम शर्मा रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा क्रमशः डिलकुमारी पौडेल, केशवप्रसाद भट्टराई, नारायणी शर्मा, बृहस्पति लम्साल, हेम सुवेदी, राम प्रसाद ढकाल, मीन प्रसाद तिवारी र दिपकराज सापकोटा निर्वाचित भएका छन् ।
सामाजिक अध्ययन मन्च कास्कीका सचिव गोविन्द काफ्लेद्वारा संचालन गरिएको यस कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका सामाजिक अध्ययन विषयका विषय विज्ञ तथा प्रशिक्षक श्री ध्रुवराज थापले कक्षा ९, ११ र १२ को पाठ्यक्रम प्रवोधिकरण एवम् अन्तरक्रियाको सहजिकरण गर्नुभएको थियो।
त्यसैगरी, मन्चका निवर्तमान अध्यक्ष श्री टेकनाथ पौडेलले कक्षा ४, ६ र ७ तथा सदश्य श्री नारायणी शर्माले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम प्रवोधिकरण एवं अन्तरक्रियामा सहजीकरण गर्नुभएको थियो।
कास्की जिल्लाका विभिन्न सार्वजनिक तथा निजि विद्यालयहरुमा विभिन्न तहमा अध्यापनरत करिव २०० शिक्षकहरुको सहभागीता रहेको थियो। उक्त कार्यक्रममा एसओएस हर्मन माइनर बिद्यालय गण्डकीका निमित्त प्राचार्य चुडामणी सुवेदी र प्रशिक्षक ध्रुवराज थापाले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो।
सोही कार्यक्रममा परिवर्तित पाठ्यक्रम, विशिष्टिकरण तालिका, सिकाई सहजिकरण विधि, मुल्याङ्कनमा देखिएका समस्याको बारेमा छलफल गरिएको थियो।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला