हिमालयले स्थापना दिवस : संस्थापक सदस्य सम्मानित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ ।

वि.सं. २०५४ साल कार्तिक १२ गते स्थापना भएको क्लवले सचिवालय परिसरमा २८ वटा दिप प्रज्वलन गरी स्थापना दिवस मनाएको सचिव तुलवहादुर वस्नेतले जानकारी दिनुभयो ।
स्थापना दिवसका दिन सोमवार क्लवले अस्वस्थ भई स्वास्थ्य लाभ गरिरहनु भएका संस्थापक सदस्य ज्ञानेन्द्र खड्कालाई सम्मान सहित स्वास्थ्य लाभको कामना समेत गरेको छ । खड्काको निवासमा पुगी संस्थापक अध्यक्ष तीर्थमान तामाङ, निवर्तमान अध्यक्ष सुशील वस्नेत र अध्यक्ष मोहन वहादुर थापाले ढाकाको टोपी, मायाको चिनो र वुके दिएर सम्मान गर्नुभयो ।

त्यस अवसरमा क्लवका अध्यक्ष थापाले संस्थापकहरुको मेहनत र अभिभावकिय भुमिकाले संस्था यहाँसम्म आई पुगेको स्मरण गर्नुभयो ।

क्लवले स्थापना दिवसको मुल कार्यक्रम भने आगामी २२ गते स्थानिय बाटुलेचौर खेल मैदानमा गर्ने गरी तयारी गरेको छ । उक्त दिन २७ औं रक्तदान, शुभकामना आदान प्रदान तथा चियापान, समाजसेवा पुरस्कार, उत्कृष्ट कृषक पुरस्कार, एकल महिला सहयोग हस्तान्तरण र विविध सांस्कृतिक कार्यक्रम गर्ने संयोजक प्रकाश थापाले जानकारी दिनुभयो ।

कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खचीको प्रमुख आतिथ्यतामा हुने वताईएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला