भुसालमाथि कारवाही सिफारिस भएपछि योगेशले दिए यस्तो प्रतिक्रिया

  • ख-
  • ख+

नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपु¥याउने बताए।

‘सामाजिक सञ्जालमा उनी लेख्छन् –’अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पु¥याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’

स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेको भन्दै शनिबार अनुशासन आयोगले कारवाही सिफारिस गरेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला