कौराहालाई राष्ट्रिय तहमा सूचीकृत गर्नुपर्नेमा जोड

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षबहादुर रैका मगरले विभिन्न जातजातिले आफ्नो संस्कृतिलाई हाम्रो भनेर दावी गरिरहँदा हामी आफैले पनि आफ्नो संस्कारलाई विर्सिन नहुने बताउनुभएको छ ।

नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिको सहयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएको मगर मौलिक कौराहा संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कौराहा मगरको भएको र यसको उत्पति मगर समुदायबाट भएकाले अबको पालोमा राष्ट्रिय तहमा सुचीकृत गर्नु आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ । “हामीले सुचीकरण नगरेको खण्डमा अन्यले हक जमाउन सक्छन्, तर यो विषयमा सरकारले पनि ध्यान दिएको छैन ।” उहाँले भन्नुभयो, “यसका लागि हामी र हाम्रो समुदाय आफै एकजुट भएर लाग्नु आजको आवश्यकता हो ।” आफ्नो संस्कार र संस्कृतिलाई जोगाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आले मगरले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कौराहा नृत्य मगर समुदायको निकै महत्वपूर्ण रहेको बताउनुभयो । कौराहाको इतिहास कार्यपत्रमार्फत् प्रस्तुत गर्दै उहाँले आफ्नो संस्कार र संस्कृतिलाई भूल्न नहुने बताउनुभएको थियो । कौराहा जिल्ला र स्थान अनुसार फरक भएपनि संस्कार र संस्तृति एउटै भएको उहाँको भनाई छ । “मगर भाषाको शब्द कानराहाबाट कौराहा शब्द बनेको हो ।” उहाँले भन्नुभयो, “तर कौराहा एउटा सागर हो यसको गरिराई नाप्न सकिन्न र यसको बयान गर्न कुनै शब्द छैन ।” मगर समुदायको बसोबास बढी भएको स्थानमा यो नृत्य प्रचलित रहेको उहाँले कार्यक्रममा बताउनुभयो । कौराहा नाच्ने समय माघेसक्रान्तिदेखि साउने सक्रान्तिसम्म भएको उहाँको भनाई छ । “कौराहा मगर समुदायबाट प्रचलित भएपनि अन्य समुदायले समेत हाल अनुसरण गर्दै गइरहेको छ, यो हाम्रो लागि गर्वको कुरा हो ।” भाषिक उपाध्यक्ष आले मगरले कार्यक्रममा भन्नुभयो ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका विज्ञ समुहका संयोजक याम बहादुर आलेमगर कुनै पनि समुदायको अस्तित्व मेटाउनका लागि त्यसको संस्कार र संस्कृतिमा हमला गरे मात्रै हुने भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो इतिहास, संस्कार र संस्कृतिको संरक्षणका लागि समुदायगत रुपमा एकजुट भएर लाग्नुको अर्को विकल्प नभएको उहाँले कार्यक्रममा बताउनुभएको छ । राष्ट्रियस्तरबाट आदिवासी जनजातिमाथि हमला भइरहेको अवस्थामा आफ्नो पहिचान जोगाउनु आजको आवश्यकता भएकोमा उहाँले कार्यक्रममा जोड दिनुभयो ।
नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका केन्द्रीय सदस्य गीता रखाली मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको सञ्चालन संघका सचिव बलबहादुर रोका मगरले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला