मनोज गजुरेलको डेब्यु नाटक ‘महाभारत’ कान्तिपुर थिएटरमा ७ असारसम्म

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । ‘सेतो धरती’को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले जेठ १४ देखि नाटक ‘महाभारत’ मञ्चन भएको छ ।

यो नाटकबाट हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेल पहिलो पटक नाट्य अभिनयमा डेब्यू गर्नुभएको छ ।
साथै वरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको मुख्य अभिनय रहेको यस नाटकलाई निकै चासोका साथ हेरिएको छ ।

मञ्चमा सन्दीप श्रेष्ठ, प्रतीक चौधरी, सुपज्ञा शर्मा लगायत अन्य २० जना कलाकार देखिँदैछन् । भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गर्नुभएको हो ।

नाटक अनुवाद प्रकाश दाहालले गरेका गर्नुभएको होे भने सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गर्नुभएको छ ।
७ असारसम्म हरेक दिन (बुधबार बाहेक) साँझ ५ः१५ बजे नाटक मञ्चन हुनेछ । सार्वजनिक बिदाको दिन अतिरिक्त शो दिउँसो १ः१५ बजे पनि हुनेछ ।
नाटक ५०० र १००० रुपैयाँ टिकट दर तोकिएको छ भने विद्यार्थीले सीमित कोटामा ३०० रुपैयाँमै हेर्न पाउने जनाइएको छ ।

कान्तिपुर थिएटरको वेबसाइट तथा सामाजिक सञ्जालमा दिइएको लिंकमार्फत दर्शकले टिकट बुक गर्न सक्ने उल्लेख छ ।
रेखा थापा, जीवन लुइँटेल, सनिशा भट्टराई, बेनिशा हमाल लगायत कलाकारलाई लिएर थिएटरले यसअघि नाटक मञ्चन गरिसकेको छ ।

थिएटरले यसअघि ‘मीरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’ र ‘सेतो धरती’ मञ्चन गरिसकेको छ । ‘महाभारत’पछि थिएटरले सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित नाटक पनि मञ्चन गर्ने घोषणा गरिसकेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला