कोभिड १९ पछिको पोखराको रंगमञ्च र अबको बाटो शिर्षकमा अन्तरक्रिया सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । प्रेस क्लब गण्डकीले सोमबार ‘कोभिड १९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्व रंगमञ्च दिवसको अवसरमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिएको कार्यक्रममा सबैको सामुहिक प्रयासमा पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

अहिले भइरहेका गतिविधिमा मात्र सन्तुष्ट नभई भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्न सकेमा यसको भविष्य सुन्दर हुन सक्ने उहाँहरुको भनाई थियो ।

उहाँहरुले नाटक क्षेत्रमा लाग्ने रंगकर्मीको दक्षता वृद्धि गर्न पोखरामा नाटक सम्बन्धी अध्ययन गर्नको लागि एकेडेमी आवश्यक भएको समेत औल्यादैं यो क्षेत्रमा देखिएका केही समस्याका बारेमा समेत उहाँहरुले खुलेर कुरा प्रस्तुत गरेका थिए ।

वक्ताको रुपमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, इन्द्रेणी थिएटरका अध्यक्ष केदारप्रसाद पौडेल रहेका थिए । कार्यक्रमको सहजिकरण क्लबका उपाध्यक्ष राजाराम पौडेलले गरेका थिए ।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले प्रतिष्ठान स्वायत्त हुन नसक्दा कला क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको बताउदैं पोखरामा सुविधा सम्पन्न थिएटर आवश्यक रहेको र त्यसको निर्माणमा सबैजनाले पहल गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

प्रतिष्ठानले नियम विनियमहरु निमार्ण गरे पनि कार्यान्वयनमा जान नसक्दा पोखराको कला क्षेत्रमा उल्लेख्य काम गर्न नसकेका स्विकार्दै प्रक्रियागत झन्झटिललाका कारण समेत काम गर्न समस्या भएको बताउनुभयो । उहाँले यति हुँदा हुदै समेत पोखरामा भइरहेका रंगमञ्चिय गतिविधिमा सधै साथ सहयोग गर्दै आएको र निरन्तरता दिने जनाउनुभयो ।

पोखरा थिएटरका अध्यक्ष परिर्वतनले सधंै राज्यको मुख ताक्नु गलत रहेको बताउदैं राज्यले नीतिगत रुपमा प्रोत्साहान गरेर पोखरामा नाटक सम्बन्धी अध्ययन गर्नको लागि नाट्य एकेडेमी संचालन गर्नुपर्ने र आवश्यकता औल्याउनुभयो ।

विद्यालयको पाठ्यक्रम निमार्ण गर्दा नाटकलाई समेत समावेश गरी स्थानीय र प्रदेश सरकार लाग्न सके नाट्य क्षेत्रको भविष्य उज्वल हुने उहाँको भनाई थियो । परिर्वतनले हाल १३ जना कलाकारलाई पूर्णकालीन कलाकारको रुपमा थिएटरमा जोडेको र यो संख्या २० पु¥याउने आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।

उहाँले कोरोनाको कारण समस्यामा परेको यो क्षेत्र पुनः पुरानै अवस्थामा फर्किएको जनाउदैं आगामी दिनको लागि तय गरेका केही योजना रहेको बताउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य जसुमाया गुरुङ जसुले पोखरामा भएका रंगमञ्चिय गतिविधि निरन्तर हुन जरुरी रहेको बताउदैं नाटकको माध्यमबाट प्रदेशको कला स्थानीय संस्कृतीहरुको संरक्षण हुने र नयाँ पुस्तामा लोक संस्कृतीको हस्तान्तरण हुने बताउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले नाट्य क्षेत्रसँग सम्बन्धीत गतिविधिमा निरन्तर सघाउने भनाई उहाँको थियो । पोखरामा भइरहेका नाट्य गतिविधिले नयाँ पुस्ताको ध्यान खिच्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले पोखराका रंगकर्मी परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । पोखराले नाट्य क्षेत्रमा अझै फराकिलो गरी सोच्नुपर्ने उहाँको भनाई थियो । उहाँले राज्यका निकायले प्रदान गर्ने सहयोग कम भएको प्रति चिन्ता व्यक्त दिने भनिएको सहयोग समेत समयमा पाउन नसक्दा समस्या हुने गरेको बताउनुभयो ।

संख्यात्मक रुपमा भन्दापनि गुणात्मक रुपमा नाटक निर्माण हुनुपर्नेमा उहाँको जोड थियो । उहाँले कार्यक्रम र तालिमका क्रममा विभिन्न देश पुग्दाको अनुभव समेत सुनाउनुभयो ।

कार्यक्रममा सहभागी मदनराज थापा, सन्तोष बस्याल, लक्ष्मण डुम्रे, आशा मगर लगायतले समेत अबको बाटो सुन्दर बनाउन सुझाब दिएका दिएका थिए ।
पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरको सहकार्यमा कार्यक्रम गरिएको हो ।

क्लबका अध्यक्ष एकराज गिरी र सचिव गौरव त्रिपाठीले प्रेस क्लब तथा अन्तरक्रिया कार्यक्रमको महत्वका बारेमा प्रष्ट पार्नुभएको थियो ।

विश्व रंगमञ्च दिवस हरेक वर्ष मार्च २७ मा मनाइन्छ । अन्तराष्ट्रिय रंगमञ्च संस्थानद्धारा सन् १९६२ बाट यो दिवस मनाउन थालिएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला