अनुप बरालको ‘यौटा सपनाको अवसान’ चैत १० गतेदेखि  मञ्चन हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ, २५ फागुन । कलाकार तथा नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ शीर्षकको नाटक निर्देशन गर्ने हुनेभएको छ ।
सामाजिक सञ्जालमा नाटकको पोस्टर सार्वजनिक गर्दै बरालले नाटकले खुसी छाडेर सुखको पछि लाग्ने चरित्रको कथा पेश गर्ने संकेत गर्नुभएको छ ।

सार्वजनिक पोस्टरले टाउको निहुर्याएको चरित्रको हतास मनस्थितिलाई संकेत गरेको छ । निर्देशक बरालले पोस्टर सेयर गर्दै नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउन चाहेको बताउनुभयो ।

नाटकमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदीभ श्रेष्ठ आदि कलाकारको अभिनय रहनेछ ।
चैत १० गतेदेखि सुरु भएर १ महिनासम्म चल्ने नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गर्नुहुनेछ । गोविन्द पराजुलीले विगत १ महिनादेखि नाटकको रिहर्सल भइरहेको र हरेक कोणबाट भव्य नाटक दर्शकलाई सुम्पने अभिप्रायले काम भइरहेको बताउनुभयो ।
‘यौटा सपनाको अवसान’ अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो । आर्थर मिलर लिखित नाटकलाई विप्लव प्रतिकले नेपालीमा अनुवाद गर्नुभएको हो । नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २० औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा ७ सयभन्दा ज्यादा पटक मञ्चन भएको नाटक विश्वका धेरै देशमा मञ्चन भएको छ ।

अनुप बरालले तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यंग्य गर्ने नाटक ‘महाभोज’ को निर्देशन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला