अनुप बरालको निर्देशनमा नाटक ‘एउटा सपनाको अवसान’ मञ्चन हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । अनुप बरालको निर्देशनमा विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रुपान्तरणमा नाटक ‘एउटा सपनाको अवसान’ मञ्चन हुने भएको छ ।
आगामी चैत १० गतेदेखि मण्डला थिएटरमा नाटक एक महिनासम्म मञ्चन गर्ने तयारी रहेको छ ।

आर्थर मिलरद्वारा लिखित यो वियोगान्त नाटकलाई सन् १९४० को दशकको उत्तराद्र्धतिरको समयमा सेट गरिएको नाटकले मोन्टाज मार्फत नायक विली लोमनका सम्झना, भ्रम, सपना र तर्कबारे बताउँछ ।
२० औं शताब्दीको महान् नाटकमध्ये यो नाटक आफ्नै भाषा र शैलीमा अनुवाद गरी विभिन्न देशमा, विभिन्न समयमा संसारभर मञ्चन गरिएको छ । यो नाटकमाथि फिल्म पनि बनेको छ ।

नाटकबारे निर्देशक अनुप बरालले, ‘यो नाटकको नेपाली रुपान्तरणले आर्थिक प्रणाली, अमेरिकी सपना र श्रमिक वर्गको अवस्थाजस्ता नेपालको वर्तमान सन्दर्भबारे बहस र छलफल निम्त्याउँछ ।’ भन्नुभयो । नाटकमा देखाइने आत्महत्याको अर्थ त्यसतर्फ प्र्रेरित गर्न नभई भौतिकवादी समाजको यथार्थलाई युवापुस्तामा चित्रण गर्नु रहेको जनाइएको छ ।

यसले सकारात्मक, रचनात्मक र अहिंसात्मक प्रतिक्रिया दिने प्रोत्साहित गर्ने नाटक रहेको बताइएको छ ।
नाटकमा दीया मास्के, रोयदीप श्रेष्ठ, दिव्यदेव, विकास जोशी, शेखर चापागाईं र मेनुका प्रधानको शीर्ष भूमिका हुने जनाइएको छ ।
रिहर्सलमा व्यस्त कलाकार मास्केले नेपाली समाज र समयका लागि यो नाटक निकै सान्दर्भिक भएकाले मञ्चन गर्न लागेको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला