ताल बाराही मन्दिर पुननिर्माणका लागि क्षमा पुजा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, फागुन १६ । पोखरा महानगर पालिका वडा न ६ स्थित फेवा तालको विचमा अबस्थित श्रीताल बाराही भगवती मन्दिरको पूर्ननिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको छ ।

सोमबार र मंगलबार गरि दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पुजा सम्पन्न गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताउनुभयो ।

भुईंतला सहित तीनतले मन्दिर तिन इन्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछी मन्दिर ब्यवस्थापन समिति मन्दिरको पुन निर्माणमा जुटेको हो ।
तालबाराही देवीको मन्दिर पुननिर्माण गर्दा कही कतै भुलबस कुनै काम भएमा, देवी माताले विघंबाधा अडचन नगरुन र कसैलाई पनि नराम्रो नहोस भन्ने उदेश्यले पुजा गरिएको पंन्डित बिश्वेश्वर पोडेलले बताउनुभयो ।

आउँदो १७ गते देखि मन्दिरमा स्थापित प्रतिमुर्ति मा भक्तजनहरुले पुर्जा अर्चना गर्ने र नित्य पुजा मन्दिरका पुजारीहरुले देवीको मुर्तिमा गर्ने उपाअध्यक्ष जुना अधिकारी बताउनुभयो ।

मन्दिर पुर्ननिर्माणका लागि करिब एककरोड पैतालिस लाख लाग्ने अनुमान गरिएको अध्यक्ष कुँवरले जानकारी दिदै नेपाल सरकारको “पुरातत्व विभाग” बाट पचिस लाख मात्र सहयोग दिने आश्वान आएकोले बाकी रकम प्रदेश र स्थानिय सरकार सहित भक्तजनहरुको सहयोगमा कलात्मक ढाचामा मन्दिर निर्माण सम्पन्न गर्ने योजना रहेको सुनाउनुभयो ।

उहाँले यहि आउँदो फागुनको अन्तिम हप्ता आम वडा भेला गर्ने चैतको पहिलो हप्ता देखि मन्तिरको पुननिर्माण जुटने जानकारी समेत गराउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला