मानव सेवाको लागि भइरहेको महायज्ञको छैटौं दिनसम्म साँढे ४ करोड भन्दा बढी रकम संकलन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । हेमजा बाबियातरस्थित मानव सेवा आश्रमको निर्माणधीन भवनको पूर्णताका लागि भई रहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा बुधबार पोखरा महानगरपालिका मेयर धनराज आचार्यले आश्रमको दोस्रो तला निर्माणमा लाग्ने १ करोड ७१ लाख रुपैँया महानगरले बेहोर्ने बताउनुभएको छ ।

यस्तै उक्त महायज्ञमा आज एकैदिन ५२ लाख १ हजार रुपैँया नगदसहित २ करोड ८५ लाख बराबरको सहयोग जुटेको छ ।

आठ दिनसम्म जारी रहने यस महायज्ञको आज छैटौं दिनसम्म आइपुग्दा साँढे ४ करोड रुपैँया भन्दा बढी रकम संकलन भएको आश्रमका गण्डकी प्रदेशका अध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

यस महायज्ञमा भक्तजनहरुको सहभागी पनि बाक्लो रुपमा रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला