सडकआश्रितहरुको सेवामा समर्पित मानवसेवा आश्रमको भवननिर्माणको पोखरामा महायज्ञ आजबाट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । घरपरिवार र आफन्तविहीन भई कष्टप्रद सडकजीवन विताउँदै आइरहेका सहयोगापेक्षी सडकआश्रितहरुको सेवामा समर्पित मानवसेवा आश्रमको भवननिर्माणको आजबाट पोखरामा महायज्ञ आयोजना हुनेछ ।

महायज्ञको सम्पूर्ण तयारी सकिएको छ । आज दिनको ११ बजे विष्णु पादुका माई स्थानबाट कलश यात्रा सुरु भई प्रगति चोक, मिलन चोक, सापकोटा चोक हुँदै बावियतारामा पुगी औपचारीक रुपमा महायज्ञ समुद्घाटन हुने कार्यक्रम रहेको छ । मानवसेवा आश्रमको निर्माणाधिन भवन प्राङ्गणमै तयार पारिएको पण्डालमा महायज्ञ हुनेछ ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ मन्त्री पञ्चराम गुरूङ ज्यू ले आज महायज्ञको समुद्घाटन गर्नुहुने मानवसेवा आरुश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी ज्यूले बताउनुभयो ।

यज्ञको प्रमुख वाचकको भूमिकामा मानवसेवा आश्रमका अभिभावक एवं भागवत भाष्कर कमल नयन गौतम ज्यू रहनुहुनेछ ।

मकवानपुर हेटौंडामा २०६९ सालमा स्थापना भएको मानवसेवा आश्रमले २०७४ साल चैत्र १७ पोखरामा आफ्नो ९ औ शाखाको रुपमा सेवा विस्तार गरेको थियो । नेपाल सरकारका तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रविन्द्र अधिकारीज्यूले समुद्घाटन समारोहको प्रमुख अतिथिका रुपमा मानवसेवा आश्रम पोखरा शाखाको समुद्घाटन गर्नुभएको थियो ।

छोरेपाटन स्थित भाडाको घरबाट सेवा सुभारम्भ गरेको मानवसेवा आश्रलाई पोखरा २५ बाबियातारा हेम्जामा ६३ रोपनी जग्गाश्री लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलब्ध गराएपछि मानवता, परोपकार र सामाजिकसेवा अध्ययनको गन्तव्य कै रुपमा विकास गर्नेगरी मानवसेवा आश्रमले निर्माण कार्य अघि बढाएको थियो ।

दश करोड पचहत्तर लाख अनुमानित लागत रहेको मानवसेवा आश्रम पोखरा शाखाको पचास प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने अव भवन निर्माण सम्पन्न गर्न ४ करोड रुपैया आवश्यक रहेको मानवसेवा आश्रमका कोषाध्यक्ष एवं गण्डकी प्रदेश प्रमुख होमनाथ तिमल्सिनाले बताउनुभयो ।

महायज्ञलाई सम्पन्न गर्न आश्रमका अभिभावक तथा जग्गादाता परिवार सदस्य मोति बहादुर थापा ज्यूको संयोजकत्वमा १००८ सदसीय मूल आयोजक समिति र ३३ विषयगत समितिहरु गठन भएको छ । महायज्ञलाई सफल बनाउन सातै प्रदेशमा रहेका मानवसेवा आश्रमका अभियान्ताहरु पोखरा केन्द्रीत भइरहेका छन् ।

२७ गतेसम्म हरेकदिन विहान ११ बजेदेखी ४ बजेसम्म कथा प्रवचन र झाँकी प्रर्दशन हुनेछ भने हरेक दिन साँझ ७ बजेदेखी ९ बजेसम्म सन्ध्याकालिन भजन आयोजना हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला