सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानमा विष्णुप्रसाद शर्मा 

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २०६६ सालबाट सिर्जना, समालोचना र अनुसन्धानका विषयमा निरन्तर रचनात्मक काम गर्दै आएको संस्था  सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको सातौं अधिवेसनले विष्णुप्रसाद शर्माको अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन गरेको छ |

समितिको उपाध्यक्ष्य,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमशः हिमामाया पौडेल,भानुभक्त आचार्य,मदनप्रसाद बराल र हरिश्चन्द्र भण्डारी चयन भएका छन् | यसैगरी संस्थाको सदस्यहरुमा ड़ा.नवराज न्यौपाने, ड़ा.सबिन्द्रराज भण्डारी.ड़ा,पीताम्बर पौडेल,गंगाराम पौडेल,विद्यावती शर्मा र लोकचंद्र खनाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् |

साधारण सभाले ड़ा. भूमिराज वस्ताकोटी, केशवशरण पराजुली र सुरज पौडेलको तीन सदस्यीय निर्वाचन समिति चयन गरी निर्वाचनको जिम्मेवारी दिएको थियो | साधारण सभाले निवर्तमान सचिव डा,टिकाराम आचार्यको वार्षिक प्रगति प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष हिमामाया पोडेलको प्रतिवेदन पारित गरेको थियो |

 प्रमुख व्यक्तित्व वरिष्ठ कवि तिर्थ श्रेष्ठ,वरिष्ठ साहित्यकार तारा पाखे तथा संस्थाका निवर्तमान अध्यक्ष्य योगराज पौडेल द्वारा संस्थाबाट प्रकाशित जर्नल अवधारणा अंक ७ र सिर्जना अंक तथा विश्वप्रेम अधिकारीका कविता कृतिहरुको विमोचन गरेका थिए |

 कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष्य प्राध्यापक ड़ा.विष्णुप्रसाद पौडेल, पूर्व अध्यक्ष दीपेन्द्र पराजुली, जर्नल प्रकाशन समितिका संयोजक सुलोचना खनाल,सिर्जना अंकका समीक्षक डा, बासुदेव भण्डारी, कविता कृतिका समीक्षक डा.ईश्वरमणि अधिकारी, मदनप्रसाद बराल,डा. भानु कँडेल,प्रान्जल,वसन्त पराजुली, प्राध्यापक ड़ा. शालिग्राम सुवेदी लगायतले आआफ्नो धारणा राखेका थिए |

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला